तेस्रो ताप्लेजुङ सरोकार केन्द्र फुटसलको उपाधि फुङलिङले जित्यो  (फोटो फिचर)

वेलकम खबर
भदौ ७, २०८२

 काठमाडौँ । ताप्लेजुङ सरोकार केन्द्रको स्थापना दिवसको अवसरमा खेलाइएको तेस्रो  ताप्लेजुङ अन्तर पालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधि फुङलिङ नगरपालिकाले जितेको छ । विभिन्न पालिकाको १६ टिमको सहभागिता रहेको फुटसल खेलको फाइनलमा फक्ताङलुङ  गाउँपालिकालाई २–१ ले हराउँदै फुङलिङ नगरपालिका विजेता बनेको हो । विजेता  फुङलिङ नगरपालिका ले एक लाख र  उपविजेता फक्ताङलुङ  गाउँपालिका  ५० हजारमा चित्त बुझाउनु परेको हो. विजेता र उप विजेतालाई  प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले नगद पुरस्कार तथा टफी वितरण गर्नु भएको थियो ।


विधागततर्फ फुङलिङ नगरपालिका (बी) का अरुण प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बने । फक्तालुङ गाउँपालिकाका अर्जुन लिम्बू प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी घोषित भए । विधागततर्फ उत्कृष्ट बनेका दुवैले जनही ५–५ हजार र ट्रफी हात पारे ।
त्यस्तै अनुशासित टोलीका रुपमा प्रतियोगिताको फेयर प्ले पुरस्कार आठराई त्रिवेणी गाउँपालिकाले हात पायो । विजेता आठराई त्रिवेणीले नगद १० हजार हात पारेको छ ।   त्यस्तै महिला निर्वाचन क्षेत्रको आधारमा खेलाइएको खेलमा क र ख बीच भएको खेलमा महिला क   विजेता बनेको छ भने  भेट्रान तर्फ खेलमा आयोजक विजेता बनेको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिनुभयो । 

 

   

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*