चर्च ब्वाईज क्लब ललितपुर फाईनलमा

वेलकम खबर
साउन २८, २०८२

ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कपमा आज भएको सेमिफाईनल खेलमा चर्च ब्वाइज क्लब ललितपुरले द योङ ब्रदर्श क्लब सुनसरीकोलाई ३–१ गोल अन्तरले पराजितफाइनलमा प्रबेश गरेको छ ।आज भएको खेलमा निर्धारित समयमा दुबै टिमले १–१ गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो

गत साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्धघाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तले पराजित गर्दै सेमिफाइको यात्रा तय गरेको थियो । त्यस्तै ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुढीलाई १–० को कठिन जित निकाल्दै सेमिफाइनलमा सुनसरीसँगकोे भेट पक्का गरेका हुन् ।
भोलिको दोश्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेस युवा क्लबबीच आमनेसामने हुने भएको छ । सिराहाले हिजो भएको अन्तिम क्वाटर फाइनलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । झापाले पोखराको सहारा क्लबलाई २–१ गोलले पाखा गाउँदै सेमिफाइनलमा प्रवेश थियो ।

 

आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने छ । गोल्डकपको विजेताले नगद सात लाख दुइ हजार बयासी र उपविजेताले तीन लाख ५० हजार बयासी रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलको सर्वोत्कृष्ट खेलाडीले बाइक प्राप्त गर्दा विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*