सात प्रदेशले ल्यायो २ खर्ब ८७ अर्बको बजेट, कुन प्रदेशको के मा छ प्राथमिकता?

वेलकम खबर
असार २, २०८२

काठमाडौ । कानुनी बाध्यताअनुसार देशका सातवटा प्रदेशले नै असार १ गते मध्यरातसम्म लगाएर भए पनि आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्रदेश सरकारले असार १ गतेभित्रै बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ।

सातवटा प्रदेश सरकारले आगामी वर्षको बजेटमा यो वर्षको भन्दा करिब ८ अर्ब ५९ करोड रूपैयाँले बढाएर २ खर्ब ८७ अर्ब बढी पुर्‍याएका छन्। गण्डकी र लुम्बिनी प्रदेशले बजेटको आकार चालु वर्षको तुलनामा घटाएका छन् भने अन्य सबैले बढाएका छन्।

कोशी प्रदेश बाहेकका सबै प्रदेशले विकास निर्माण केन्द्रित (पुँजीगत ) खर्चको लागि बढी बजेट विनियोजन गरेका छन्। सात प्रदेश सरकारले ल्याएको  जम्मा बजेटको ५९ प्रतिशत अर्थात १ खर्ब ७१ अर्ब बजेट पुँजीगत छ।

बजेटको स्रोतमा अधिकतम आन्तरिक राजस्व उठ्ने आकलन राखेर पनि नपुगेको रकम ऋण उठाउने उल्लेख गरिएको छ। प्रदेश ले प्रस्तुत गरेको बजेटमा कतिपय नयाँ कार्यक्रम र धेरैजसो अघिल्ला कार्यक्रमको निरन्तरतासहित आगामी वर्षको बजेट प्रस्तुत गरिएको हो। कुन प्रदेशले कति रकमको बजेट ल्यायो? स्रोत के–के छन्? खर्च संरचना र प्राथमिकता के–के छन्?

कोशी प्रदेश
प्रस्तुतकर्ता: आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगर

  • बजेट आकार: ३५ अर्ब ८७ करोड १९ लाख
  • चालु वर्षको भन्दा ६१ करोड रूपैयाँ धेरै।

खर्च विवरण:

  •  चालु खर्च: १८ अर्ब ६७ करोड
  •  पुँजीगत खर्च: १७ अर्ब १० करोड
  • वित्तीय व्यवस्था : १० करोड

आयको स्रोत

  •  संघीय सरकारको अनुदान: १४ अर्ब ५० करोड
  •  राजस्व बाँडफाँट: १२ अर्ब ३९ करोड
  •  आन्तरिक राजस्व: ५ अर्ब ५० करोड
  • रोयल्टी : ३५ करोड
  • चालु वर्षको बचत : ३ अर्ब १३ करोड

मुख्य विशेषता:

  •  स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड विनियोजन
  •  ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियान सञ्चालन
  •  कृषि तथा उद्योगका लागि २ अर्ब १८ करोड बजेट
  •  कृषक कर्जामा ब्याज अनुदानका लागि १४ करोड बजेट, घिउ निर्यातमा प्रतिकेजी १२० रूपैयाँ अनुदान
  •  पर्यटन वर्ष २०८२ का लागि १० करोड बजेट
  • घुन्सा खोला र आमादब्लम जलविद्युत् आयोजनामा १० करोड रुपैयाँ बजेट चतरादेखि चौरीखर्कसम्मको रेलमार्ग सम्भाव्यता अध्ययन गरिने।
  • पढ्दै–कमाउँदै कार्यक्रम

  मधेस प्रदेश

  • प्रस्तुतकर्ता: अर्थमन्त्री सुनीलकुमार यादव
  • बजेट आकार: ४६ अर्ब ९८ करोड २९ लाख ५१ हजार
  • चालु वर्षको भन्दा २ अर्ब ६९ करोड रूपैयाँले धेरै

खर्च विवरण:

  •  चालु खर्च: १६ अर्ब ७२ करोड ५ लाख
  •  पुँजीगत खर्च: ३० अर्ब २६ करोड

आयको स्रोत

  • आन्तरिक राजस्व: नौ अर्ब ५० करोड
  • संघीय सरकारबाट अनुदान: १२ अर्ब ७३ करोड
  • राजस्व बाँडफाँट १२ अर्ब ३५ करोड
  • चालु वर्षमा खर्च नभएर बच्ने : १० अर्ब ३८ करोड
  • ऋण : दुई अर्ब

विशेषता तथा कार्यक्रम

  •  ‘माटोको स्वास्थ्य सुधार’ अभियानलाई निरन्तरता
  •  कृषिमा यान्त्रिकीकरण र विषादी न्यूनीकरण कार्यक्रम
  •  कृषक पाठशाला सञ्चालन कार्यक्रम
  •  सहिद परिवार लक्षित अनुदान कार्यक्रम
  • विदेशमा मृत्यु भएका श्रमिकको शव घर पुर्‍याउन निःशुल्क व्यवस्था
  • ‘एक निर्वाचन क्षेत्र, पाँच किलोमिटर नयाँ कालोपत्रे सडक’ योजना
  • स्वयंसेवक शिक्षक कार्यक्रम

बागमती प्रदेश

  • प्रस्तुतकर्ता: अर्थमन्त्री कुन्दनराज काफ्ले
  • बजेटको आकार : ६७ अर्ब ४७ करोड बजेट
  • चालु वर्षको तुलनामा २ अर्ब ९२ करोड रूपैयाँले धेरै

खर्च विवरण:

  •  चालु खर्च: २६ अर्ब ४ करोड
  • पुँजीगत खर्च: ४१ अर्ब ४३ करोड

आयको स्रोत

  • आन्तरिक तथा बाँडफाँबाट आउने राजस्व : ३५ अर्ब ६६ करोड
  • वित्तीय हस्तान्तरणबाट अनुदान: १४ अर्ब ८१ करोड
  • बचत बजेट तथा अन्य प्राप्ती : १६ अर्ब ९८ करोड

 विशेषता तथा मुख्य कार्यक्रम

  • नगदरहित सार्वजनिक यातायात प्रणाली कार्यक्रम
  • एक वडा, एक उद्यम कार्यक्रम अन्तर्गत १३ जिल्लाका १३ वडा उद्यम प्रवर्द्धन
  •  धादिङमा आधुनिक बधशाला निर्माणमा ६ करोड बजेट
  • चार वटा स्मार्ट कृषि फाम सञ्चालन गर्न ६ करोड बजेट
  • भरतपुर क्रिकेट रंगशालामा ९ करोड बजेट
  • दोलखाको डाङडुङ डाँडामा फिल्म सिटी निर्माण
  • विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना र सञ्चालन गर्न ९ करोड

गण्डकी प्रदेश 

  • प्रस्तुतकर्ता: अर्थमन्त्री डा. टकराज गुरुङ
  • बजेट आकार: ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार
  • चालु वर्षको तुलनामा १ अर्ब रूपैयाँ कम

खर्च विवरण:

  •  चालु खर्च: १२ अर्ब ६३ करोड ६६ लाख
  •  पुँजीगत खर्च: १९ अर्ब ९ करोड ३३ लाख
  •  वित्तीय व्यवस्थापन/हस्तान्तरण: २५ करोड

आयको स्रोत

  • संघीय सरकारबाट अनुदान: ४ अर्ब ४९ करोड
  •  राजस्व बाँडफाँट: ९ अर्ब ७९ करोड २९ लाख
  •  रोयल्टी बाँडफाँट: ४९ करोड ८९ लाख
  • आन्तरिक राजस्व: ५ अर्ब ४५ करोड ८४ लाख
  •  बचत/अन्य: २ अर्ब २४ करोड बचत, १ अर्ब ७५ करोड आन्तरिक ऋण

विशेषता तथा मुख्य कार्यक्रम

  •  भौतिक पूर्वाधार मन्त्रालयलाई सबैभन्दा धेरै ११ अर्ब ९७ करोड
  •  स्वास्थ्य, पर्यटन, खानेपानीलगायतमा उच्च प्राथमिकता
  •  एक घर एक धारा आयोजनामा ६० करोड छुट्याइएको
  •  १५ हजार घरमा निजी धारा जडान लक्ष्य
  •  अधुरा योजना सम्पन्न गर्नेमा जोड
  • पहिले घरदेश अनि प्रदेश कार्यक्रम

लुम्बिनी प्रदेश

  • प्रस्तुतकर्ता: आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की
  • बजेट आकार: ३८ अर्ब ९१ करोड
  • चालु वर्षको भन्दा ६ करोड रूपैयाँले कम

खर्च विवरण:

  •  चालु खर्च: १२ अर्ब १ करोड ४७ लाख
  •  पुँजीगत खर्च: २३ अर्ब ४७ करोड १४ लाख
  •  वित्तीय हस्तान्तरण: ३ अर्ब ४२ करोड ३७ लाख

आयको स्रोत

  • आन्तरिक राजस्व : ७ अर्ब ७८ करोड
  • राजस्व बाँडफाटबाट : ११ अर्ब ८६ करोड
  • संघीय सरकारबाट आउने रोयल्टी : ८ अर्ब ४४ करोड
  • संघीय सरकारबाट आउने अनुदान : १४ अर्ब
  • चालु वर्षको नगद मौजदारत : ३ अर्ब

मुख्य प्राथमकिता कृषि

  • १५०० किसानलाई घरमै सेवा, १ करोड १७ लाख छुट्याइएको
  • तोरी, धान प्रवर्द्धनका लागि बजेट
  • पूर्ण प्राङ्गारिक कृषि प्रणाली विकासको दीर्घ लक्ष्य
  •  किसान अनुदान, सिँचाइ, भूमि सुधार प्राथमिकतामा
  • हुलाकी मार्गमा लक्षित भैंसीपालन कार्यक्रम
  • ‘महिनाको एक दिन श्रमदान’ अभियान

कर्णाली

  • प्रस्तुतकर्ता: आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाही
  • बजेट आकार: ३२ अर्ब ९९ करोड
  • चालु वर्षको भन्दा एक अर्ब ५८ करोड रूपैयाँले धेरै

खर्च विवरण:

  •  चालु खर्च: ७ अर्ब ७९ करोड
  •  पुँजीगत खर्च: १९ अर्ब अर्ब ९८ करोड
  •  वित्तीय हस्तान्तरण तथा वित्तीय व्यवस्ता : ५ अर्ब २० करोड

आयको स्रोत

  • आन्तरिक राजस्व : ९६  करोड
  • राजस्व बाँडफाटबाट : १० अर्ब २७ करोड
  • संघीय सरकारबाट आउने अनुदान : १६ अर्ब २ करोड
  • चालु वर्षको नगद मौजदात : ३ अर्ब
  • बचत र वैदेशिक सहायता : ७ अर्ब ५६ करोड

मुख्य प्राथमिकता तथा विशेषता

  • स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धनका लागि ६ करोड।
  • रैथाने उत्पादन, उद्यम र कोसेली घरजस्ता कार्यक्रम
  • स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रम
  • रोजगारी अभिवृद्धि तथा उद्यमशिलता प्रवर्द्धन कार्यक्रम

सुदूरपश्‍चिम

  • प्रस्तुतकर्ता: आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा
  • बजेट आकार: ३३ अर्ब ४७ करोड
  • चालु वर्षको भन्दा एक अर्ब ८५ करोड रूपैयाँले धेरै

खर्च विवरण:

  •  चालु खर्च: १० अर्ब २० करोड
  •  पुँजीगत खर्च: १९ अर्ब  ८३ करोड
  •  वित्तीय हस्तान्तरण तथा वित्तीय व्यवस्ता : ३ अर्ब  ४३ करोड

आयको स्रोत

  • आन्तरिक राजस्व : १ अर्ब ६५  करोड
  • राजस्व बाँडफाटबाट : ९ अर्ब ८७ करोड
  • संघीय सरकारबाट आउने अनुदान : १४ अर्ब १९ करोड
  • रोयल्टी: ८ करोड
  • बचत: ७ अर्ब ६६ करोड

मुख्य प्राथमिकता तथा विशेषता

  • एक जिल्ला, एक उद्योग’ कार्यक्रम
  • पर्यटन क्षेत्रका केवलकार सम्भाव्यता अध्ययन
  • दुर्गम सडकहरू (बझाङ, बैतडी, दार्चुला) लाई प्राथमिकता
  • ‘एक जिल्ला, एक क्रिकेट मैदान’ योजना
  • बिजनेस इन्क्युबेसन सेन्टर सञ्चालन गरिने।
  • -setopati

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु