दोस्रो प्रयासमा सोशिकाले जितिन लिटिल आइडल २०२३’को उपाधि

वेलकम खबर
साउन २८, २०८०

काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेन मेन्टले आयोजना गरेको ‘प्याब्सन लिटिल आइडल २०२३’को उपाधि १२ वर्षीया सोशिका बस्नेतले जितेकी छन् ।
क्याम्ब्रिज पब्लिक हाइस्कुल पुरानो बानेश्वरमा कक्षा ७ मा अध्ययनरत उनले दोस्रो प्रयासमा शीर्ष उपाधि चुमेकी हुन् । गतवर्ष पनि यस प्रतियोकगितामा सहभागी उनी उत्कृष्ट १५ सम्म पुगेकी थिइन् ।शीर्ष उपाधि सँगै उनले ३० हजार रुपैयाँ पुरस्कार र सम्बन्धित विद्यालयमा एकवर्षको छात्रवृत्ति प्राप्त गरेकी छन् ।
प्रतियोगितामा नेसनल ब्लुमिङ फ्लावर एकेडेमी नारायण स्थानमा कक्षा ७मा अध्ययतरत १३ वर्षीया प्राप्तिकुँवर फस्ट रनरअप हुन सफल भइन् । उनले २० हजार रुपैया ँसहित सम्बन्धित विद्यालयमा एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी छन् । उनले पनि दोस्रो प्रयासमा यो सफलता हात पारेकीहुन् । गतवर्ष यस प्रतियोगितामा उनी पनि उत्कृष्ट १५ सम्म पुगेकी थिइन् ।
प्रतियोगितामा क्याम्ब्रिज पब्लिक हाइस्कुलमै कक्षा ६ मा अध्ययनरत ११ वर्षीया बेला महर्जन सेकेन्ड रनरअप हुन सफल भइन् । बेलाले १० हजार रुपैयाँ सहित सम्बन्धित विद्यालयमा एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी छन् । त्यसैगरी ज्ञान निकेतन स्कुल शंखमूलकी प्रतिज्ञा पाण्डेले पनि मिस ट्यालेन्टको उपाधि सहित १० हजार रुपैयाँ पुरस्कार र सम्बन्धित विद्यालयमा एकवर्षको छात्रवृत्ति पाएकीछन् ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डा. मदन विष्ट प्रमुख निर्णायकका रूपमा रहेका थिए । निर्णायक मण्डलमा केन्द्रीय प् याब्सनका कोषाध्यक्ष सन्तोषमणि न्यौपाने, बुद्ध एयरमा कार्यरत क्याप्टेन भगवान थापा, नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक अनिता बिन्दु, एभरेस्ट बैंककी ब्रान्चम्यानेजर दीपा बुढाथोकी, मिस मंगोल नेपाल २०२२ पासाङ डोल्मा शेर्पा, डा. आर्यन दाहाल र नेपाल एड्मिनिस्ट्रेटिभ स्टाफ कलेज, जाउलाखेलका डेपुटी डारेक्टर शिवहरि अधिकारी थिए ।

विभिन्न विद्यालयमा अध्ययनरत कक्षा चार देखी कक्षा आठ सम्मका ६८ जना छात्राहरूअन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा आठजनाले पब्लिक स्पिकिङ एक्सेलेन्स अवार्ड, पाँचजनाले आर्ट एक्सेलेन्स अवार्ड, तीनजनाले पोयम रिसाइटेसन एक्सेलेन्स अवार्ड, चार जनाले सिङगिङ एक्सेलेन्स अवार्ड, एकजनाले एक्टिङ एक्सेलेन्स अवार्ड, २९ जनाले डान्सिङ एक्सेलेन्स अवार्ड, ६ जनाले हेन्डराइटिङ एक्सेलेन्स अवार्ड प्राप्त गरेकाथिए । त्यसैगरी पाँचजनाले सिङगिङ रिकग्निसन रिवार्ड, एकजनाले पब्लिक स्पिकिङरिकग्निसन रिवार्ड र ६ जनाले डान्सिङ रिकग्निसन रिवार्ड पाएका थिए ।


प्रतियोगितामा बागमती बोडिङ स्कुलकी काव्य कुमाल मिस कन्फिडेन्ट, नेक्सस इन्टरनेसनल स्कुलकी सायरा महत मिस पर्सनालिटी, एन्जल हर्ट सेकेन्डरी स्कुलकी दिव्यश्री ढुंगाना मिस लिडरसिप, एन्जल हर्ट सेकेन्डरी स्कुलकै आरोही आलेमगर मिस फोटो जेनिक र इडेनव्रिज एकेडेमीकी आलियाना अलि मिस फ्रेन्डसिप घोसित हुन सफल भए । प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राईको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित पाहुनाहरूलाई प्याब्सन काठमाडौंका अध्यक्षएवं साहित्यकार प्रेमकुमार राईले स्वागत गरेका थिए ।


कार्यक्रममा संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रतियोगी छात्राहरूको प्रतिभाको प्रशंसा गर्दै यस्ता प्लेटफर्मबाट भविष्यका कर्णधार छात्राहरूको क्षमता र प्रतिभालाई फुल्नेफल्ने मौकामिल्ने बताए । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितको यो १२औं संस्करण हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*