राष्ट्रपति पौडेल भए डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

वेलकम खबर
जेष्ठ ३१, २०८०

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखा परे पछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन्। अस्पतालले बुधबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल पुगेका थिए। उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको थियो।

उनी आज डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*