‘सम्मान मिस लिम्बू’ काठमाडौँ अडिसन सम्पन्न, ताप्लेजुङका चार जना छनौट

वेलकम खबर
७ फाल्गुन २०७९, आईतवार १९:४३

काठमाडौं । ‘सम्मान मिस लिम्बू’ काठमाडौँ अडिसन सम्पन्न भएको छ । काठमाडौंको अनामनगरस्थित सिलौटी कटेजमा १३ जना प्रतियोगी छनौट गर्दै उक्त अडिसन सम्पन्न भएको हो ।

जसमा ताप्लेजुङका चार जना छनौट भएका छन् । गङ्गा सेम्बु लिम्बू, अस्मिता मादेन, जमुना सेम्बु लिम्बू र कल्पना लिङ्खिम छनौट भएका हुन् । पाँचथरका फुङ्निमा योङ्हाङ साम्माङ थाम्सुहाङ र ममता आङ्बो छनौट भएका छन् ।

यस्तै तेह्रथुमबाट निरुता लिम्बू, सुस्मा इम्सोङ, याङ्चुली खापुङ र सुम्निमा खापुङ छनौट भएका छन् । बिर्तामोड झापाकी एलिना तुम्बापो र सिक्किमकी मुन नाल्बो पनि छनौट भएका छन् । उनीहरु डिजिटल अडिसनमार्फत छनौट भएका हुन् ।

निर्णायक मण्डलहरूमा कोरियोग्राफर तथा मिडिया प्रस्नालिटी जयन सुब्बा मानन्धर, संगीतकार तथा गायक डम्बर नेपाली, याक्थुङ युथ एसोसिएसनका सल्लाहकार आशा नेम्बाङ, नेपाल पत्रकार महासंघ काठमाडौँका अध्यक्ष सुर्य सुवेदी, निर्देशक भुपेन्द्र तुम्बाहाङ्फे, ‘मिस लिम्बू २०१५’ बिस्नु चेम्जोङ र अफिसियल फेसन डिजाइनर निर्मला आङ्बुङ ९सरु० रहेका थिए ।

यस अघि माघ २८ गते धरानमा सम्पन्न अडिसनबाट १४ जना प्रतियोगी छानिएका छन् । आज छनोट भएका १३ जना गरि २७ जनाले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगीहरूलाई काठमाडौंमा एक महिना सम्म पूर्व मिस नेपाल २०१० कि विजेता सदीक्षा श्रेष्ठले कोरियाग्राफी गर्नेछिन् ।

साथै पूर्व मिस नेपाल माल्भीका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ, भाषाविद्, मुन्धुमविद् डी।बि। आङ्बुङ लगायत बिभिन्न पेशाका विज्ञहरूले व्यक्तित्व विकासको तालिम प्रदान गर्ने सिङ्गकले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*