निर्वाचन आयोगले तोकेको जरिवाना राष्ट्रपतिद्वारा माफी मिनाहा
३९५ कैदीबन्दीको कैद मिनाहा
वेलकम खबर
फाल्गुन ५, २०७९
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम माफी मिनाहा भएको छ।
उनले मन्त्रिपरिषद्को यही फागुन ४ गतेको बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम सो जरिवानाको रकम माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।




















