योगेश भट्टराईले गरे मतदान

वेलकम खबर
मंसिर ४, २०७९

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला ३ नारायणी माध्यमिक विद्यालय साँघुमा मतदान गर्नु भएको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नु भएको सचिव भट्टराईलेसाँघुमा पहिलो मतदान गर्नु भएको हो ।त्यस्तै गठबन्धनका उम्मेदवार माओवादीका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीले श्रीजंघा ५ राष्ट्रिय मावि पेदाङबाट मतदान गनु भएको छ ।

ताप्लेजुङबाट जेष्ठनागरिका श्रीजंघा ३ का १०१ बर्षिय ईश्वरी पौडेलले मतदान गर्नुभएको निर्वाचन कार्यालय ताप्लेजुङ जनाएको छ । हाल सम्म शान्ति पूर्णरुपमा मतदान भईरहेको सुरक्षा निकायले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु