नेपालमा कोरोना संक्रमणदर १४ प्रतिशत बढी
वेलकम खबर
साउन २२, २०७९
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणदर दैनिक १४ प्रतिशत नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर चार हजार ६ सय ८२ नमुना परीक्षणमध्ये ६ सय ६० जनामा कोभिड संक्रमण देखिएको हो ।
शुक्रबारको तुलनामा नयाँ संक्रमितको संख्या कम देखिए पनि संक्रमणदर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार देशभर गरिएका नमुना परीक्षणमध्ये एक हजार नौ सय ४२ पिसिआर र दुई हजार सात सय ४० जनाको एन्टिजेन परीक्षणका क्रममा ६ सय ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



















