एकैदिन ४५७ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या १७ सय नाघ्यो

वेलकम खबर
साउन २, २०७९

काठमाडौँ । कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४५७ कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
२ दिनमै संक्रमितको संख्या दोब्बर देखिन्छ । आइतबार संक्रमितको संख्या जम्मा १३५ रहेको थियो । साथै मृत्यु संख्या पनि थपिन थालेको छ । ४ महिनापछि आइतबार एक जनाको कोरोनाबाट मृत्यु भएको थियो । त्यस्तै सोमबार पनि कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।
कुल २ हजार ३४१ र २ हजार ३१० कुल ४ हजार ६५१ परीक्षणमा ३८६ पीसीआर तथा ७१ जना एन्टिजेनमा परीक्षणबाट संक्रमित पुष्टि भएका हुन् । संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १७७६ पुगेको छ ।
त्यसैगरी डिस्चार्ज हुनेको संख्या २४ घण्टामा ४८ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*