मतदाता नामावली दर्ताको निम्ति लाइन बस्न नपर्ने

वेलकम खबर
असार २८, २०७९

काठमाडौ । अब अनलाइनमार्फत मतदाता नामावली दर्ता हुने भएको छ । मतदाता नामावली दर्तालाई सरलीकरण गर्दै निर्वाचन आयोगले भोलिबाट अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्ने भएको हो ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको वेबमा आधारित मतदाता नामावली दर्ता गर्ने प्रणालीको विकास गरेर नमूनाको रुपमा काठमाडौं, भक्तपुर र ललितपुरबाट प्रारम्भ गर्न लागिएको हो ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगराएका नागरिकले आयोगको वेबसाइटमा आफ्नो व्यक्तिगत विवरण भरेर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै पेश गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।सोसँगै अनलाइन फाराममा उल्लेखित संकेत नम्बरसहितको प्रिण्ट कपी लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइनमार्फत आफ्नो मताधिकार सुनिश्चित गर्नसमेत आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*