बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

वेलकम खबर
असार २८, २०७९

धनकुटा । २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहिदभूमि गाउँपालिका–५ का ३८ वर्षीय वडाध्यक्ष चरे भनिने सन्तोष राईलाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।

पीडित महिलालाई आरोपित राईले शुक्रबार बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित राई विरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि राई पक्राउ परेका हुन् ।

वडाध्यक्ष राईलाई शनिबार राति ११.३० बजे धनकुटा–७ चुलीवनस्थित साथीको डेरामा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पीडित पक्षको उजुरीको आधारमा आरोपित राईलाई अनुसन्धानका लागि धनकुटा–७ चुलीवनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले बताए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल धनकुटामा आइतबार बिहान गरिएको छ ।

राईले ती महिलालाई तेह्रथुमको वसन्तपुरस्थित एक होटलमा पु¥याएर बन्धक बनाई बलात्कार गरेको आरोप लागेको छ । धनकुटाको हिले घुम्न जाऊँ भनी बोलाएर वसन्तपुर पुर्याई होटलमै बन्धक बनाई बलात्कार गरेको पीडित पक्षले उजुरी दिएको डिएसपी दाहालले जानकारी दिए ।

पक्राउ परेका राईमाथि अनुसन्धान भइरहेको उनले जानकारी दिए । घटनास्थल तेह्रथुम जिल्लाको वसन्तपुरमा भएकाले कारबाहीको प्रक्रियाको लागि तेह्रथुम प्रहरीलाई आइतबार दिउँसो जिम्मा लगाइएको डिएसपी दाहालले बताए । घटनाका आरोपित राई गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनी वडाध्यक्षमा निर्वाचित भएका थिए ।blastkhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*