केशव स्थापित भन्छन्, मेयर जितेपछि राजदरवारको पर्खाल तोड्छु

वेलकम खबर
बैशाख २४, २०७९

काठमाडौं । ‘म मेयरमा निर्वाचि भएपछि नारायणहिटी राजदरवारको पर्खाल तोड्छु । त्यहाँ भित्रको हरियाली चौर र बगैंचा देखेर युवाहरु खुसी हुनेछन् ।’ निर्वाचन हुनु भन्दा ७ दिन अघि मिडियाकर्मी सामु प्रस्तुत भएका स्थापितले भने ।

उनी कार्यक्रम अवधिभर धेरै समय युवा पुस्ताकै समस्यामा केन्द्रित भए र युवा पुस्ताका लागि महत्वकाँक्षी योजना सुनाए । काठमाडौं महानगरपालिकाका नेकपा ९एमाले० तर्फका मेयर पदका उम्मेदवार केशव स्थापितले भने ‘राजदरवारभित्र योजना बनाएर राज्यसहितको संरक्षणमा बत्ति र पानीको फोहोर भएको आकर्षक पार्क निर्माण गर्छु ।’

उनको भनाई अनुसार उक्त पार्कमा आकर्षक बत्ति र पानीका फोहोरा हुनेछन् भने युवा, वृद्ध र बालवालिका त्यहि पार्कमा रमाउनेछन् ।’ उनको योजना अनुसार त्यो यस्तो ऐतिहासिक ठाउँ हुनेछ, जहाँ हरेक व्यक्तिले मनोरञ्जन लिनेछन् । त्यसो त केशर महल वरिपरिको पर्खाल पनि भत्काएर खुल्ला ठाउँ निर्माण गर्ने सुनाए ।

काठमाडौंमा त्यस्ता धेरै ठाउँ भएको भन्दै एकसय भन्दा बढी पार्क निर्माण गर्ने योजना रहेको सुनाए । ‘अब युवाहरुले काठमाडौंमा बोरिङ फिल गर्नु पर्दैन । म एकसय भन्दा बढी ठाउँ बनाईदिन्छु ।’ उनले भने ।

आफु पहिलो पटक मेयर हुँदा भर्खर जन्मिएका बच्चा अहिले मतदाता बनेको स्मरण गर्दै उनले आफ्नो जीवन र योजनाहरुका विषयमा काठमाडौंमा बसेर कुरा गर्ने ठाउँ नभएको स्वीकार्दै अव युवाहरुकै लागि काम गर्ने बताए ।

स्थापितका अनुसार अब युवाहरूले रिफ्रेस हुनका लागि काठमाडौं छाड्नै पर्दैन । ठाउँ ठाउँमा भने जस्ता चाहेजस्ता आकर्षक पार्कहरु काठमाडौंमै भेट्नेछन् र साँझपख वा बिहानपख त्यहि टहलिन्छन् । आइसक्रिम खान्छन्, कफि खान्छन्, गफगाफ गर्छन् र मुहारमा मुस्कान छर्दै आहा १ काठमाडौं महानगर भन्दै खुसी व्यक्त गर्छन् ।

त्यतिमै उनी रोकिएनन् । पार्कमा घुम्न आउने युवा पुस्तालाई पनि कामकाजी बनाउने योजना छ उनको । ‘पार्कमा आएका युवासँग तिमीहरूको योजना के छ रु तिमीहरूको अपेक्षा के छ रु भनेर सोध्छौं र उनीहरुकै सहकार्यमा नयाँ नयाँ योजना कार्यान्वयन गर्छौं ।’ उनले भने । युवाहरूलाई प्रोत्साहन गर्न विश्वस्तरीय २० वटा जीम हल स्थापना गर्ने र अर्वन पार्क निर्माण गर्ने योजना पनि रहेको सुनाए ।

गुनासो तत्कालै सम्बोधन हुने

काठमाडौंमा अहिले कसैले कुनै विषयमा चित्त बुझेन वा कसैलाई कोही कसैले अन्याय ग¥यो भने गुनासो गर्ने ठाउँ छैन । प्रहरीमै गएर उजुरी गर्नुको विकल्प छैन । स्थापितको भनाई अनुसार तत्काल गुनासो सुन्न ‘क्विक रेस्पोन्स टिम’ निर्माण गर्ने योजना पनि छ उनको ।

सरकार स्वास्थ्य संस्था अर्को आलोच्य ठाउँ बनेको परिप्रेक्षमा अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरूको स्तरोन्नति गर्ने योजना पनि सुनाए । मेयर स्वास्थ्य कार्यक्रम र घर–घरमा स्वास्थ्य नारी कार्यक्रमलाई अघि बढाउने योजना रहेको छ उनको ।

‘वृहत् छलफल गरेर योजनासहित स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन र घर–घरमा पुगेर स्वास्थ्य परीक्षण गर्न निजी क्षेत्रका स्वास्थ्य संस्थाको सहकार्यमा करिब २ हजार स्वयंसेवकलाई पारिश्रमिक दिएर राख्छौं,’ उनले भने । त्यो टिमले कुन वडामा कति बिरामी र कस्ता प्रकारका बिरामी छन् भनेर अनुसन्धान गर्ने र त्यहि टिमले सहजीकरण गर्ने सुनाए ।

दासले सामन्तसंग मागे जस्तो हुन्न

काठमाडौंको फोहोर व्यवस्थापन र सार्वजनिक यातायात अर्को टिठ लाग्दो विषय बनेको छ । फोहोर व्यवस्थापनको स्थायी समाधान खोजिने भनेर धेरैले भने तर, अझै बेला बेलामा फोहोरभित्रको राजनितीले काठमाडौं गर्माउछ । सार्वजनिक यातायात अत्याधिक अव्यवस्थित छ । स्थापितको भनाई अनुसार उपत्यकाको ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने राज्यले ढल, खानेपानी, बिजुली लगायतको अधिकार स्थानीय तहलाई दिनुपर्छ । ‘म मेयर निर्वाचित भएपछि उपत्यकाका सबै स्थानीय तहलाई आत्मनिर्भर बनाउने गरी केन्द्र सरकारसँग अधिकार माग्ने कुराको नेतृत्व गर्छुु । केन्द्र सरकारसँग स्थानीय सरकारले सामन्तसँग दासले माग्नु पर्ने जस्तो परम्पराको अन्त्य गर्ने भन्दै उनले भनें ‘सँधै सामान्तसंग दासले मागे झैं गरेर हुन्न ।’

ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने अहिलेको उपत्यका विकास प्राधिकरणलाई उपत्यकाका स्थानीय तहको मातहतमा राख्नपर्छ भन्दै मेयर निर्वाचित भएपछि त्यो अभियानमा लाग्ने उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*