कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणिलाई छ लाखको पुरस्कार

वेलकम खबर
साउन ६, २०७८

काठमाडौँ- कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी भतरमणि पौडेललाई छ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ।

पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्वमन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा उक्त पुरस्कार घोषणा गरिएको हो।

भट्टराईले व्यक्तिगत रुपमा १ लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले २ लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले २ लाख तथा रेडियो तमोरको तर्फबाट १ लाख रुपैयाँ गरी छ लाखको पुरस्कार घोषणा गरिएको हो। सो पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ।

ताप्लेजुङका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको टप ६ मा प्रतिस्पर्धा गरिरहेका छन् । जिल्लाको उदाउँदो कलाकारलाई प्रोत्साहन स्वरुप सो पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताए।

उनकै संयोजनमा काठमाडौंमा उपलब्ध ताप्लेजुङका संघसंस्थाका प्रतिनिधिहरुको भेलामा उनले जिल्लाबासीका नाताले सबैले पौडेललाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे।

भट्टराईले जिल्लाका विभिन्न क्षेत्रका प्रतिभा तथा कलाकारहरुलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम पुरस्कार र अक्षय कोषसमेत स्थापना गर्दै आएका छान्। कलाकारिताको सम्मान गर्न सकियो भने संस्कृतिको सम्मान हुने धारणा राख्दै नव प्रतिभालाई अघि बढ्ने वातावरण बनाउन सदैव अग्रसर हुने उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*