प्रिमियर लिगको शिर्ष स्थानमा म्यानचेस्टर युनाइटेड

वेलकम खबर
माघ ८, २०७७

एजेन्सी। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड फेरी शिर्ष स्थानमा उक्लिएको छ । गएराती युनाइटेडले फुलह्यामलाई २(१ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा एडिसन कभानी र पाउल पोग्वाले एक एक गोल गरेका थिए । त्यस्तै फुलह्यामका लागि अडेमोला लुकम्यानले एक गोल गरेका थिए । यो जितपछि युनाइटेडको १९ खेलमा ४० अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै फुलह्यामको भने १८ खेलमा १२ अंक छ र लिगमा १८औ स्थानमा रहेको छ ।

त्यस्तै गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २(० गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीको १८ खेलमा ३८ अंक भएको छ भने म्यानचेस्टर युनाइटेडभन्दा एक खेल कम खेल्दै २ अंकले पछाडी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु