डब्लूएचओका प्रमुख क्वारेन्टाइनमा

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधनोम ग्रेब्रेसियस क्वारेन्टाइनमा बसेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनी सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी दिएका हुन्।
कोरोना सङ्क्रमितको सम्पर्कमा आएपछि उनी क्वारेन्टाइनमा बसेको ट्वीटरमार्फत जानकारी दिएका हुन्। उनले आफूले कोरोना संक्रमितलाई भेटेको र अहिले क्वारेन्टाइनमा बसेको जनाएका हुन्। आफू पूर्णरुपमा स्वस्थ रहेको र कुनै लक्षण नरहेको जनाएका छन्।
डब्लुएचओको प्रोटोकल अनुसार आफू घरमै रहने ग्रेब्रेसियसले जनाएका छन्।