केन्द्रको निर्देशनपछि कर्णालीको मन्त्रिपरिषद् हेरफेर रोकियो

वेलकम खबर
कार्तिक १६, २०७७

काठमाडौं। मन्त्री परिवर्तनको अन्तिम तयारीमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेकपा केन्द्रको निर्देशनपछि पछि हटेका छन्।

यससँगै आइतबार हुने भनिएको कर्णालीको मन्त्रिपरिषद् हेरफेर अनिश्चित बनेको छ। आइतबार बिहानै मन्त्री हेरफेरको हल्ला चलेको कर्णाली प्रदेशमा मन्त्री परिवर्तन तत्काल नहुने भएको छ।

पर्टी भित्रको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको ११ दिन लामो संवादहीनताको अन्त्य भएर पार्टी स्थायी कमिटी बैठक बस्ने कुरा चलेकाले तत्काल कर्णालीका मन्त्री परिवर्तनको काम रोकिएको हो।

मन्त्री फेरबदलले थप समस्या उत्पन्न हुनसक्ने भन्दै केन्द्रबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिएपछि आइतबार हुने भनिएको मन्त्री हेरफेर तत्कालका लागि रोकिएको नेकपा कर्णाली प्रदेश कमिटी उच्च स्रोतले जनाएको छ।

स्रोतका अनुसार आफै संलग्न सरकार प्रमुख अर्थात मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा उभिएका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर नयाँ तीनजनालाई  मन्त्रीमा नियुक्त गर्ने कुरा लगभग पक्का थियो।

मन्त्री बन्ने पक्का भएका एक सांसदले पनि भने, ‘पार्टी केन्द्रबाट आज बिहान आएको निर्देशनले उक्त काम केही दिन पर सरेको छ।’

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु