उपवासमा सहवास

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरूले पर्व वा दिन विशेषमा व्रत वा उपवास बस्ने गर्छन् । ‘व्रतका बेला यौन सम्बन्ध राख्नु हुन्छ कि हुँदैन’ भन्ने जिज्ञासा धेरै जोडीमा हुने गर्छ । रुढीवादी समाजमा ‘उपवासका बेला यौन सम्बन्ध राख्नुहुन्न’ भन्ने धेरैको बुझाइ हुन्छ । तर, व्रतका बेला यौन सम्बन्ध राख्दैमा स्वास्थ्यमा खासै नकारात्मक असर पर्दैन । त्यसैले यसलाई विवादको विषय बनाउनुमा कुनै तुक छैन । तर, कतिपय नियम सानै उमेरदेखि मान्दै आएकोमा अहिले परिवर्तन ल्याउन गाह्रो हुन्छ । मान्छेहरू गर्भवती, सुत्केरी वा महिनावारीका मामिलामा भन्दा व्रतमा बढी कठोर हुने गरेको पाइन्छ । उपवासमा महिला बढी सहभागी हुने भएकाले तिनीहरू व्रतमा यौन कार्यबाट टाढा रहन चाहन्छन् । र, कतिपय समुदाय वा धार्मिक समूहमा व्रतका बेला सँगै सुत्न पनि हुँदैन भन्ने मान्यता छ ।
प्रायः धार्मिक कारणले व्रत बसिन्छ । एकातिर यस्तो परिस्थितिमा यौन चाहना नहुन सक्छ । यौन कार्यप्रति रुचि, चाह नहुने र भए पनि ‘केही समयका लागि त हो नि’ भनेर दबाइने गरिन्छ । अर्कोतिर व्रत आत्म–नियन्त्रण र बलियो इच्छा शक्तिको परीक्षण पनि हो ।
खाना खाएर वा पेट टन्न पारे देवीदेवताको पूजा गर्न नमिल्ने होइन तर मन मान्दैन, चित्त बुभ्mदैन, अप्ठ्यारो लागिरहन्छ । बुधबार, बिहीबार गणेशको पूजा गर्न नमिल्ने होइन तर मंगलबार गरेजस्तो सन्तुष्टि पाइँदैन । त्यसै गरी धार्मिक हिसाबले व्रत बस्ने भएकाले धर्मबाट निर्देशित कतिपय कुराका विरुद्ध जान मान्छेको मनले मान्दैन । नियम पालना गर्ने÷नगर्ने आपैmँमा निर्भर हुन्छ । यो कुरालाई पृथक राख्ने हो भने कतिपय मानिस व्रतका बेला यौन सम्बन्ध राख्न चाहन्छन् तर ‘पाप लाग्ला कि’, ‘धार्मिक मान्यताविरुद्ध हुन्छ कि’ भन्ने डरले यौन सम्बन्ध राखिरहेका हुँदैनन् । तर, व्रतका बेला शारीरिक सम्पर्क वर्जित नै गर्नुपर्ने कुनै कारण छैन ।
मद्यपान वा अन्य नशाको प्रभावमा पुरुष पार्टनरका तर्पmबाट यौन कार्यका लागि करकाप हुन सक्छ । यस्तो बेला के गर्ने, यस्तो परिस्थितिको कसरी सामना गर्ने भन्ने सवालमा महिला र पुरुषबीच सामञ्जस्य र सहभाव हुनुपर्छ । यौन सम्पर्क कार्य केवल भौतिक मात्र नभई त्यसमा दम्पतीबीच समझदारी र सहयोग आवश्यक हुन्छ । त्यसैले पुरुष पार्टनरले चाहेर मात्र यौन सम्बन्ध राख्नु भनेको सम्भोग नभई मैथुन कार्य मात्र हुन जान्छ । मैथुन र सम्भोगबीच ताŒिवक भिन्नता छ ।
सम्भोग कार्यमा सही अर्थमा यौन सुख प्राप्ति हुन्छ भने मैथुन कार्यमा प्रेम, आकर्षण नहुन पनि सक्छ । मैथुन एकपक्षीय कार्य हो । मैथुन कार्यमा स्खलन अन्तिम बिन्दु हुन्छ । व्यावसायिक यौनकर्मीसँग सम्बन्ध अधिकतर मैथुन कार्य नै हो । सम्भोगमा महिलाको इच्छाको पनि कदर गरिन्छ । सफल सम्भोगपछि भविष्यमा पनि महिला पार्टनर यौन सम्बन्ध राख्न उत्साहित हुने गर्छन् ।
यौन सम्पर्कका बेला यौन उत्तेजना आउने, स्खलित हुने र चरम सन्तुष्टि प्राप्त गर्ने कार्यमा महिला र पुरुषबीच भिन्नता हुन सक्छ । अतः दुवैको समझदारीमा सम्भोग कार्य हुनुको महŒव फरक हुन्छ । पुरुष र महिला दुवै शारीरिक एवं भावनात्मक रूपमा एकाकार भए पनि मैथुन शब्दले शारीरिक पक्ष र सम्भोगले संवेगात्मक पक्षलाई महŒव दिएको हुन्छ । मैथुन कार्य शारीरिक मात्र हो । यो सन्तान उत्पादनका लागि पर्याप्त भए पनि सम्भोगमा दुवै जनाले चरमसुख प्राप्त गर्छन् ।
सफल यौन सम्बन्धका लागि महिलाको इच्छाको कदर गर्नुपर्ने हुन्छ । व्रतसँग सामाजिक सीमा, मर्यादा र नैतिक मूल्यमान्यता पनि गाँसिने भएकोले यो बेला यौन आनन्दभन्दा यौन सम्बन्धपछि आत्मग्लानिको अनुभूति हुने सम्भावना बढी हुन्छ ।
केही दिनको विश्रामपछि यौन सम्बन्ध राख्दा झन् सन्तुष्टिजनक हुने गर्छ । व्रत बसेकी महिला पनि व्रत समाप्त भएपछि मानसिक रूपमा यौन कार्यका लागि तयार हुने हुनाले उपवासका बेला यौन सम्पर्क नराख्नु उचित हुनेछ । लामो समयपछि भेट भइरहेको परिस्थिति नै भए पनि पार्टनर उपवासमा छ भने आफ्नो चाहना मात्र परिपूर्ति गर्नतर्पm लाग्नुभन्दा संयमित हुनु राम्रो हुन्छ । मानसिक सन्तुष्टि वा तयारीबिनाको यौन कार्य कागजको फूलजस्तै हुन्छ । जसमा न सुगन्ध हुन्छ, न सौन्दर्य ।
वैज्ञानिक हिसाबले उपवास बस्नुका विभिन्न फाइदा छन् । यस कार्यले मधुमेह नियन्त्रण, प्रतिरोधात्मक क्षमतामा वृद्धि, मुटु र मस्तिष्कको स्वास्थ्यमा सुधार ल्याउँछ । निश्चित समय सीमाको उपवासका अन्य धेरै फाइदा छन् । तर, कडा उपवासका बेला खाना वा झोलिलो खानेकुराको अभावमा शरीरमा शक्तिको मात्रा घट्न सक्छ । त्यस्तो बेला यौन प्राथमिकतामा नपर्न सक्छ । निश्चय पनि यौनका लागि मानसिक रूपमा तयार हुन आवश्यक हुन्छ । शारीरिक सम्पर्कका क्रममा ऊर्जा खर्च हुन्छ । अतः धार्मिक दृष्टिले मात्र होइन, उपवासका बेला यौन गतिविधि नगर्नु स्वास्थ्यका हिसाबले पनि राम्रो हुन्छ । तर, तीव्र चाहना छ भने उपवासमा सहवास गर्नु अपराध चाहिँ होइन । सम्पूर्णबाट