आज साउने संक्रान्ति, तपाइएको राशिफल

काठमाडौँ। आज मिति २०७७ श्रावण १ गते बिहीबार, इस्वीसंवत जुलाई १६ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सर, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ।
सौरमान अनुसार आज श्रावणकृष्णपक्षको एकादशी तिथि रहनेछ। आज कृत्तिका नक्षत्र, विष्कुम्भादि योगमा गण्ड, करणमा बब, आनन्दादि योगमा लुम्व रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ।
आज दिनमान ३४ घटी ९ पलाको रहनेछ। आज सूर्योदय नेपालको काठमाडौँ केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर १९ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ५९ मिनेटमा हुनेछ।
आजको राशिफल
मेषः आज समय खराब रहनेछ। आज पानीमा डुब्ने डर रहेको छ विशेष सतर्क रहनुहोला। मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन्। कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसँग वादविवाद र दुश्मनी काम नगरे मात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ। टाढाको यात्रा पनि नगर्दा राम्रो हुने देखिन्छ।
वृषः आज समय अत्यन्त शुभ रहनेछ। स्वास्थ्य सन्तुलित रहने देखिन्छ। आदर–सत्कार पाइनेछ। घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ। नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने दिन रहेको छ। आफन्तको आगमनले घरमा खुशियाली छाउनेछ। शत्रुमाथि आफ्नो जित हुनेछ। समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्वपूर्ण उपलब्धि हात लाग्नेछ।
मिथुनः आज अत्यन्त खराब रहनेछ। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ। आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था यो हप्ता पनि रहनेछ । जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला। टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ।
कर्कटः आज समय शुभ छ। एक्कासि आम्दानी बढ्ने काम भेटिने छ। जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ। नयाँ व्यवसाय आज शुरु गर्नुभएमा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ। आज जे काम गर्दै हुनुहुन्छ प्रतिफल राम्रै पाइनेछ। टाढाको यात्रा रमाइलो र फलदायी हुनेछ।
सिंहः आज समय मध्यम खालको छ। कामबाट सन्तुष्टि मिल्ने छैन। गरेको काम बिग्रने सम्भावना बलियो छ। आम्दानी भन्दा खर्च ज्यादा हुने सम्भावना छ । सोचेअनुसार लाभ लिन कडा परिश्रमबाट गर्नुपर्नेछ। आज परिवारमा कचकच, साथीभाइ रिसाउने दिन पनि रहेको छ। नयाँ कामको थालनी आज नगर्दा नै राम्रो हुनेछ।
कन्याः आज पनि समय खराब रहनेछ। आफन्त व्यक्तिसँग झगडा हुन सक्छ। जोसंग पनि कमै बोल्नु राम्रो हुनेछ। मन चञ्चल हुनाले आर्थिक क्षति व्यहोर्नुपर्ला, आफूले गर्न खोजेका काममा धेरै नै विघ्नबाधा हुनेछ। कम्मर दुख्ने समस्याले तनाव बढ्नेछ। यात्रका क्रममा कसैले नशालु पद्धार्थ खुवाउन या सुँघाउन सक्नेछन् विशेष ख्याल गर्नुहोला। समय खराब रहेकाले सबै कार्यमा सतर्क हुनुहोला।
तुलाः आज स्वास्थ्य राम्रो रहनेछैन। मिथ्या आरोप लाग्ने सम्भावना छ। आर्थिक लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला। विशेषगरी आजन पानीबाट खतरा छ, सतर्क रहनुहोला। आज केही काम बन्ने, केही अधुरा रहने जस्तो छ। गाडी चलाउँदा विशेष ख्याल गर्नुहोला। समयमा खाना खान नपाइने वा गड्बडीको सम्भावना बलियो छ। सतर्क हुन आवश्यक छ।
वृश्चिकः स्वास्थ्य राम्रो रहनेछ। गर्न खोजेका सबै काम सफल, प्रेमी-प्रेमिकाबीच सम्बन्ध थप गाढा हुन सक्नेछ। पारिवारिक सदस्य तथा कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ। आज रोकिएका सबै काम पूरा हुनेछन्। राम्रो समयको सही उपयोग अवश्य गर्नुहोला। नयाँ–नयाँ कार्ययोजना बनाउने दिन आज रहेको छ। हार्डवयर सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ। धार्मिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट सम्मान पाइनेछ।
धनुः आज समय राम्रै रहनेछ। सोच्दै नसोचेको धन प्राप्ति हुन सक्नेछ। जमीन अथवा कलकारखाना सम्बन्धी काम गर्नु छ भने आजा लाभ हुनेछ। तपाईं सरकारी कर्मचारी हुनुहुन्छ भने आज पैसा खूब कमाउनुहुनेछ। जताबाट पनि तपाईंलाई खुशी लाग्दा समाचार प्राप्त हुनेछन। रमणीय कार्यमा सहभागी हुन पाइने छ। समय शुभ रहेको छ भरपूर उपयोग गर्नुहोला।
मकरः आजको समय खराब छ। बोली वचनमा शिष्टता र सकेसम्म नरम भई काम लिनुमा नै बुद्धिमानी हुनेछ। आँपूm मातहतका कर्मचारीमा विवादको अवस्था देखा पर्नेछ, जसमा आफू तटस्थ रहनु नै राम्रो हुनेछ। व्यापार र व्यवसायमा आज त्यति लाभ देखापर्ने छैन। परिवारको कुनै सदस्यलाई औषधि उपचारमा खर्च गर्नुपर्ने देखिन्छ। यात्रामा पनि तनाव उत्पन्न हुनेछ। आज सबै कार्यमा चनाखो र सतर्क हुनुहोला।
कुम्भः आज जन्मराशिदेखि बाह्रौं भावमा रहेको चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ। नबोलाएको ठाउँमा जानुपर्नेछ। आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना त्यत्तिकै रहेको छ। जुनसुकै काममा अनावश्यक खर्च भै जाने अवस्था छ। समग्रमा समय खराब रहेकाले आज आर्थिक लेनदेन, टाढाको यात्रा, महत्वपूर्ण निर्णय नगर्नु नै राम्रो हुने ज्योतिष वैत्रानिक दृष्टिकोणमा देखिन्छ।
मीनः आज समय शुभ छ। आरोग्यता, प्रशन्नता बढ्नेछ। गर्न खोजेका काममा आत्मविश्वासका साथ पूरा गर्न सक्नु हुनेछ। सोचेका सबै धार्मिक काममा राम्रो सफलता मिल्नेछ। कुखुरा पालन व्यवसाय तथा फ्रेस हाउस सञ्चालन गर्दै हुनुहुन्छ भने आजबाट शुरु गर्नुहोला। जग्गा किन्दै हुनुहुन्छ भने पनि आज बैनापट्टा गर्दा राम्रो हुनेछ।
साइत
आज वृष राशिमा चन्द्रमा छन् त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला। आज बिहीबार हो, दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोल। यदि बाध्यताबश अन्य दिशाको यात्रा पनि गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला। साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ।