अमिताभ र अभिषेक बच्चनलाई कोरोना सङ्क्रमणको पुष्टि, जया र ऐश्वर्याको रिपोर्ट आउन बाँकी

वेलकम खबर
असार २८, २०७७

काठमाडौँ। बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। शनिबार अबेर राति रिपोर्ट पोजेटिभ आएपछि दुवै जना मुम्बईको एक अस्पतालमा भर्ना भएका छन्।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार अमिताभ पत्नी जया बच्चन र अभिषेक पत्नी ऐश्वर्या राय बच्चनको पनि कोरोना परीक्षण गरिएको छ। उनीहरूको रिपोर्ट आज आउनेछ।

शनिबार राति ट्विट गर्दै अमिताभले आफू कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए। आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना जाँच गराउन उनले आग्रह गरेका छन्।

अभिषेकले पनि आफू कोरोना पोजेटिभ भएको ट्विटरबाटै जानकारी दिएका छन्। आफू र पिता अमिताभलाई कोरोनाको सामान्य लक्षण देखिएको उनले जानकारी दिएका छन्।

७७ वर्षीय अमिताभ विगत ५ दशकदेखि बलिउडमा सक्रिय छन्। उनले दुई सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। अभिषेकले पनि ५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*