साम्राज्ञीकोे आरोपलाई निष्पक्ष छानविनका लागि भुवनले दिए चलचित्र कलाकार सङ्घमा निवेदन

वेलकम खबर
असार १८, २०७७

काठमाडौँ। निर्माता, निर्देशक तथा अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विभिन्न किसिमका आरोप लगाई आफ्नो चरित्र हत्या गरेको भन्दै निष्पक्ष छानविनका लागि पाल चलचित्र कलाकार सङ्घमा निवेदन दिएका छन्। भुवनले सत्य के हो त्यो अब नेपाल कलाकार सङ्घ र कानुनले नै, फैसला गर्ने भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन्।

नायिका शाहले चलचित्रको छायाँङ्कनका क्रममा आफूले दुःख पाएकोदेखि जापानमा आयोजित एक अवार्ड कार्यक्रममा नायक केसीले घिनलाग्दो व्यवहार देखाएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन्।

साथै नायक केसीले साम्राज्ञीलाई सम्बोधन गरि एका स्टाटसमा आफ्नो बारेमा झूटो कुरा प्रचार नगर्न चेतावनी पनि दिएका छन्। उनले स्टाटसमा लेखेका छन्, ‘आफूलाई ब्रेक दिन पिताजस्तो व्यक्तिको बारेमा अनर्गल तथा झूटो कुराहरू उल्लेख गरी तपाईंले मेरो बारेमा सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नुभएको सामाग्रीको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

नायक केसीले साम्राज्ञीलाई आफ्नो मान प्रतिष्ठामा आघात पुग्ने गरी फेरी भिडियो पोस्ट नगर्न समेत चेतावनी दिएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*