कोरोना सङ्क्रमणको आशङ्कामा ४७ बाख्रा क्वारेन्टाइनमा

काठमाडौं। भारतको कर्नाटकको एक गाउँमा कोरोना सङ्क्रमणको आशङ्कामा ४७ वटा बाख्रालाई क्वारेन्टाइनमा राखिएको छ। कर्नाटकको तुमाकुरी जिल्लास्थित गोडेकेरे गाउँमा एकजना बाख्रा गोठालोलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनका चारवटा बाख्राको मृत्यु पनि भएको थियो। यसबारे स्थानीय प्रशासनलाई जानकारी दिएको बताइएको छ।
स्थानीय प्रशासनले पशु चिकित्सकहरूलाई बाख्रामा कोरोना परीक्षण गर्न नमूना सङ्कलन गर्न पठाए पछि बाख्राहरुलाई क्वारेन्टाइनमा राखिएको हो। यद्यपि विशेषज्ञहरूले पशुमा कोरोना सङ्क्रमण नहुने बताउँदै आएका छन्।
कर्नाटकका पशुचिकित्सा विभागका सचिव पी मणिवन्ननले बीबीसीसँग गाउँलेमा डर नहोस् भनेर बाख्रालाई क्वारेन्टाइनमा राखेको विशेषज्ञहरूले जनावरमा कोरोना भाइरसले असर गर्दैन भने पनि आफूहरूले कुनै पनि कुरालाई हल्का रुपमा नलिने भनेका छन्। नमूनाको रिपोर्ट नआइन्जेल बाख्राहरू क्वारेन्टाइनमा नै राखिने पनि बताएका छन्।
कतिपयले भने जनावरबाट मानिसमा कोरोना सङ्क्रमण नफैलिने जानकारी हुँदाहुँदै सरकारी अधिकारीहरूले गाउँलेहरूलाई गलत तरिकाले खुसी पार्न खोजेको भन्दै आलोचना गरेका छन्। उनीहरूले बाख्राहरुको मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टम गर्न भनेका छन्।
Video: Goats swabbed, isolated after goatherd tests positive for #COVID19 in #Karnataka village pic.twitter.com/jdwrcftcdW
— TOI Bengaluru (@TOIBengaluru) July 1, 2020