२१ हजार लगानीबाट २९ बर्षे ठिटोले सुरु गरेको कम्पनी अहिले १२० अर्ब डलरको मालिक

वेलकम खबर
जेष्ठ ३१, २०७६

काठमाडौं । बार्षिक कारोबार १ सय ३ दशमलव ५ अर्ब डलर । १ सय २० दशमलव ६ अर्ब डलरको कुल सम्पत्ति । ६ लाख ६० हजार ८ सय जना कामदार । र, १ सय ४९ बर्षका लामो इतिहास । घर जग्गा र बित्तीय सेवादेखि गाडी, औषधी र स्टिल लगायतसम्मको उत्पादन ।

आम मानिसका लागि केवल अंक र उपभोग्य सेवा वा बस्तु । तर, भारतको सबैभन्दा ठूलो बहुराष्ट्रिय ब्यापारिक समूह टाटा समूहको लागि भने इतिहास र निरन्तर बिकास प्रकृयाको जिवन्त दस्तावेज हो यो ।

सन् १८६८ मा २९ बर्षको उमेरमा २१ हजार रुपैयाँको पूँजीबाट उनले शुरु गरेको ब्यापारिक कम्पनी आज टाटा गु्रपको नामले परिचित छ ।

साक्षी किनारामा बस्नेका लागि बिकास प्रकृयाबारे खासै चासो हुँदैन । मुन्टो उठाएर गगनचुम्बी महलको उत्कृष्ट इन्जिनियरिङको परख गर्दै गर्दा सो महलका एकएक इट्टा कुन भट्टीमा पोलिए वा जग कसले हाल्यो भन्ने चासोको बिषय हुने कुरा पनि भएन ।

भारतको आर्थिक राजधानी मुम्बईमा रहेको टाटा ग्रुपको हेड्क्वाटर र अरु कैयौं देशमा रहेका टाटाको कर्पोरेट कार्यालयहरु नियाल्दै गर्दा धेरैलाई थाहा नहुन सक्छ कि १४९ बर्ष अघि जम्सेटजी टाटाले यी सबै कार्यालयहरुको जग हालेका थिए ।

भारतीय औद्योगिक क्षेत्रको पिता मानिने जम्सेटजी टाटा सन् १८३९ मा त्यतिखेरको बरोडा राज्यको फारसी परिवारमा जन्मिएका थिए । उनमा पिता नुसिरवानजी उनीहरुको पण्डित परिवारको पहिलो ब्यापारी थिए । उनी मुम्बईमा निर्यात ब्यापार फर्म खोलेर आयात निर्यातको काम गर्थे ।

सन् १८५८ मा कलेज अध्ययन पश्चात् बाबुकै बाटो समातेका जम्सेटजी टाटाले बाबुको ब्यापारिक संजाल फिँउनका लागि त्यतिबेला नै बेलायत, अमेरिका, यूरोप, चीन र जापानको भ्रमण गरेका थिए । तर, सन् १८६८ मा २९ बर्षको उमेरमा २१ हजार रुपैयाँको पूँजीबाट उनले शुरु गरेको ब्यापारिक कम्पनी आज टाटा गु्रपको नामले परिचित छ ।

कुनै बेला गाडी निमार्णबाट पछि हट्ने उद्देश्य साथ अमेरिकी गाडी उत्पादक कम्पनी फोर्डलाई आफ्नो प्लान्ट बेच्न खोज्दा फोर्डका अधिकारीहरुले ‘नजानेको मान्छेले किन यस क्षेत्रमा हात हालेको’ भनेर टाटा मोटर्सका अधिकारीलाई गिज्याएका थिए ।

उनले पहिला त्यो पूँजीबाट एक बिग्रेको तेल मिल किनेर सन् १८६९ मा कटन मिलमा परिवर्तन गरे । र, दुई बर्ष पछि फाइदामा बेचे । केही हजार रुपैयाँ फाइदाबाट शुरु भएको ब्यापार आज हजारौं करोड रुपैयाँ फाइदा कमाउने भइसकेको छ ।

आजको यो सफलता तिनै जम्सेटजीले देखेको सपनाले हालेको जग हो । उनको सपना थियो, फलाम र स्टिलको कम्पनी, बिश्वस्तरीय शैक्षिक संस्था, फरक र अनौठो होटल र जलबिद्युत प्लान्ट । तर, उनको जिवनकालमा एउटा मात्र सपना पूरा भयो । त्यो पूरा भएको सपना थियो सन् १९०३ मा १ करोड दश लाख रुपैयाँ लागतमा खोलिएको ताज महल होटल ।

हामी भने असान्दर्भिक भैसकेको कालाबजारी ऐनकै कालो चस्माले उद्योगपतिहरुलाई हेरिरहेका छौं । अनि कसरी जन्मन्छ राष्ट्रले गौरव गर्ने कम्पनी र उद्योगपति ।

अहिले भने टाटा स्टिल, टाटा पावर र टाटा इन्स्टिचुटका रुपमा उनका सपना साकार भएका छन् । बार्षिक रुपमा टाटा स्टिल ५९ करोड अमेरिकी डलर र टाटा पावर १९ करोड अमेरिकी डलर नाफा कमाउने कम्पनी भैसकेका छन् । मुम्बई स्थित ‘टाटा इन्स्टिच्युट अफ सोसल साइन्स’लाई भारतकै सोसल साइन्स, मानव बिकास, सार्वजनिक नीति र अर्थशास्त्र बिषयमा प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा हेरिन्छ ।

एक ब्यक्तिको सपना र मेहेनत । अनी अरु कैंयौं सुयोग्य उत्तराधिकारीहरुको निरन्तरताको उपज हो टाटा ग्रुप । पत्रकार बिजय कुमारको भाषामा भन्दा एकै रात र एकै छाकमा बनेको होइन टाटा ग्रुप । उनी भन्छन्, वास्तवमा ठूलो कुरा भनेको संसारमा केही हुँदैन । साना साना कुराको योग हो ठूलो कुरा । साना साना सपनाबाट उम्रिने हुन ठूल्ठूला योजना र आविस्कारहरु ।

‘सपना सुतेका बेला देख्ने चिज होइन, सपना त त्यो हो जसले सुत्न दिँदैन’ भने भनाई नेपालमा निकै चलेको छ । तर, शब्दमा मात्र । यस्ता कुरा गर्ने हामीले मेलम्चीको पाइप बिछ्याउन खनेको खाल्डो पुर्न सकेका छैनौं । यही भनाइलाई जिवन्त तुल्याउँदै टाटा ग्रुपका पछिल्ला उत्तराधिकारी रटन टाटाले बिश्वकै सस्तो नानो कार बनाएर बिश्वलाई नै चकित तुल्याइदिएका छन् ।

नानो कार आबिस्कार हुनुको कारण पनि रोचक छ । सपरिवार एउटै मोटरसाइकलमा यात्रा गरिरहेको रतन टाटाले देखेपछि नानो कारको परिकल्पना उनको दिमागमा आएको हो । सस्तोमा सुरक्षित यात्रा गराउने सपना देखेका रतनले त्यसैको साकार रुप नानो कारलाई बनाए । अर्थात नानो कार त्यसैको उपज हो । यस कारको भारतमा १ लाख ९करीब १५ सय अमेरिकी डलर रुपैयाँमा बिक्री शुरु गरिएको थियो ।

टाटा मोर्टस अन्तर्गत नानो जस्तो सस्तो कार मात्र नभएर ज्यागुआर, ल्याण्ड रोभर जस्ता बिलासी र बिश्व बिख्यात कारका ब्राण्डहरु पनि छन् ।

कुनै बेला गाडी निमार्णबाट पछि हट्ने उद्देश्य साथ अमेरिकी गाडी उत्पादक कम्पनी फोर्डलाई आफ्नो प्लान्ट बेच्न खोज्दा फोर्डका अधिकारीहरुले ‘नजानेको मान्छेले किन यस क्षेत्रमा हात हालेको’ भनेर टाटा मोटर्सका अधिकारीलाई गिज्याएका थिए ।

तर, त्यसको केही बर्षपछि, अर्थात बिश्वब्यापी आर्थिक मन्दीताका तिनै अधिकारीहरुसँग रतनले ज्यागुआर र ल्याण्ड रोभर किनेका थिए ।

कुनै पनि संस्था ठूलो र महान् बन्नका लागि त्यस संस्था हाँक्ने नेतृत्वको सपना, दुरदर्शिता, मेहेनत र प्रतिबद्धताको खाँचो हुन्छ नै । त्यसको अलावा समाज र समाजका अरु बिभिन्न संस्थाहरुले पनि उद्योगपति र संस्थालाई कसरी हेर्छन् र हुर्कन मद्दत गर्छन् भन्ने कुराले पनि ठूलो अर्थ राख्छ ।

‘यो सत्य हो कि हामीले उहाँको सम्झनालाई सम्मान गर्नुपर्छ र आधुनिक भारतको ठूलो संस्थापक मध्येका एकका रुपमा सम्झनुपर्छ,’ जम्सेटजी टाटाका बारे स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले बोलेका बाक्य हो यो ।

हामी भने असान्दर्भिक भैसकेको कालाबजारी ऐनकै कालो चस्माले उद्योगपतीहरुलाई हेरिरहेका छौं । अनि कसरी जन्मन्छ राष्ट्रले गौरव गर्ने कम्पनी र उद्योगपती । बरिष्ठ पत्रकार बिजय कुमारकै भनाइलाई सापट लिएर भन्दा, ‘दशरथ रङ्गशालामा खेलेर कोही म्यारोडोना वा पेले त बन्दैन नि ।’
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*