उपसभामुख रुबीकुमारी ठाकुरद्वारा शपथ ग्रहण

वेलकम खबर
चैत्र २७, २०८२

काठमाडौं । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । नवनिर्वाचित उपसभामुख ठाकुरले शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्री तथा सांसदहरुको उपस्थिति थियो । ठाकुर शुक्रवार मात्रै प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*