मैवाखोलामा ताप्लेजुङकै बृहत् शिक्षा सम्मेलन सुरु

मदन गौतम
जेष्ठ १८, २०८१

ताप्लेजुङ ।  ताप्लेजुङ जिल्लामै पहिलोपटक मैवाखोला गाउँपालिकामा बृहत् शिक्षा सम्मेलन सुरु भएको छ। ‘सबैका लागि गुणस्तरीय शिक्षा, सार्वजनिक शिक्षालाई सुदृढ बनाऔं ’भन्ने मूल नाराका साथ पालिकाको केन्द्र साँघुमा शुक्रबार शुरु भएको शनिबार सकिने पालिकाले जनाएकोछ ।
गाउँपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरको उत्त कार्यक्रमको उद्धाटन पालिका अध्यक्ष विजय प्रकाश वनेमले गर्नुभएको छ । नागरिकको नैसर्गिक अधिकार गुणस्तरीय शिक्षा प्राप्तिप्रति के गर्न सकिन्छ भन्ने विषयमा सरोकारववालाहरूले आफ्नो धारण राख्नेछन्। शैक्षिक क्षेत्रमा नयाँ र महत्वपूर्ण सोच निर्माणका लागि सम्मेलन आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।उक्त कार्यक्रममा शिक्षाविद तथा सामाजिक अध्येता बिमल कुमार फुँयाल, वृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरे, नेतृत्व बिकास एवम् व्यवस्थापन विज्ञ आरके ढुङगाना लगायतले शुक्रबार र शनिवार सहजीकरण गर्ने पालिका अध्यक्ष वनेमको भनाई छ । जिल्लाका शिक्षासँग सरोकारवाला निकाय तथा चासो राख्ने ब्यक्तित्वको उपस्थिती रहेकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*