१५ वर्षपछि पाकिस्तानमाथि नेपालको जित

राष्ट्रिय टोलीमा आशिष चौधरीको डेब्यू गोल
वेलकम खबर
असार १२, २०८०

काठमाडौ ।  आशिष चौधरीको निर्णायक गोलमा पाकिस्तानविरुद्ध जित निकाल्दै नेपालले साफ च्याम्पियनसिपमा सुखद अन्त्य गरेको छ। भारतको बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो। साफमा नेपालले पछिल्लो पटक सन् २००८ मा हराएको थियो। नेपालले पाकिस्तानलाई १५ वर्षपछि हराएको हो।

नेपालको जितमा खेलको ८० औं मिनेटमा आशिषले गरेको गोल नै निर्णायक बन्यो। आशिषले डिबक्स बाहिरबाट गरेको शसक्त प्रहारलाई पाकिस्तानका गोलरक्षकले रोक्नै कुनै मौका पाएनन्। राष्ट्रिय टोलीमा आशिषको यो डेब्यू गोल हो।

एक खेल अगावै समूह चरणबाट बाहिरिसकेका नेपाल र पाकिस्तान आजको खेलमा प्रतिष्ठाका लागि लडेका थिए। पहिलो हाफमा पाकिस्तानलाई केही दबाबमा राखेको नेपालले गोल गर्ने सुन्दर मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। पाकिस्तानका खेलाडीले विमल घर्तिमगरलाई पेनाल्टी डिबक्स एरिया नजिक फाउल गरेपछि रेफ्रिले नेपाललाई फ्रिकीकको अवसर दिएको थियो। खेलको १३ औं मिनेटमा विमलको फ्रिकीक पोष्टको माथिबाट बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमायो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*