ताप्लेजुङमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी काठमाडौंमा पुरस्कृत

वेलकम खबर
बैशाख १२, २०८२

काठमाडौं । इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठान काठमाडौले १२  कक्षाको परीक्षामा उत्कृष्ट नजिता ल्याउने ताप्लेजुङका विभिन्न विद्यालयका छात्र छात्राहरुलाई   एक कार्यक्रमका बिच पुरस्कृत गरेको छ ।  सामुदायिक विद्यालयहरु मध्येबाट उत्कृष्ट नतिजा ल्याउने छात्रालाई १५ हजार रुपियाँको गंगामाया प्रतिभा पुरस्कार, सामुदायिक विद्यालयहरूबाट उत्कृष्ट नतिजा ल्याउने छात्रलाई १५ हजार रुपयाँको  इन्द्रबहादुर प्रतिभा पुरस्कार र सामुदायिक तथा निजीतर्फ छात्रा प्रथम हुनेलाई १५ हजार रुपियाँको   रिया एक्सीलेन्सी अवार्ड  समेत प्रदान गरिएको थियो ।


यसरी  पुरस्कृत हुनु हुनेहरुमा सरस्वती मावि हाङपाङकी छात्र सविना श्रेष्ठले गंगामाया प्रतिभा पुरस्कार र रिया एक्सीलेन्सी अवार्ड (२०७६), भानु जन माविकी छात्रा लामु शेर्पाले गंगामाया प्रतिभा पुरस्कार र रिया एक्सीलेन्सी अवार्ड (२०७७), भानु जन माविकी छात्रा इङ्सा परा लिम्बूले गंगामाया प्रतिभा पुरस्कार (२०७८), पृथ्वी मावि खाम्लुङका छात्र लाक्पा तेन्जिङ शेर्पाले ईन्द्रबहादुर प्रतिभा पुरस्कार (२०७८),  कन्चनजंघा बोर्डिङ स्कुलकी छात्रा विनु भट्टराईले रिया एक्सीलेन्सी अवार्ड (२०७८), भानु जन माविकी छात्रा सृष्टिका पौडेलले गंगामाया प्रतिभा पुरस्कार (२०७९), कन्चनजंघा बोर्डिङ स्कुलकी छात्रा रक्षा आचार्यले रिया एक्सीलेन्सी अवार्ड (२०७९), भानु जन माविकी छात्रा इक्सा देवानले गंगामाया प्रतिभा पुरस्कार र रिया एक्सीलेन्सी अवार्ड (२०८०), भानु जन माविका छात्र सजित वरालले इन्द्रबहादुर प्रतिभा पुरस्कार (२०८०), भानु जन माविकी छात्रा मनिता लिम्बूले गंगामाया प्रतिभा पुरस्कार र रिया एक्सीलेन्सी अवार्ड (२०८१) र भानु जन माविका छात्र प्रतिक पुरीले इन्द्रबहादुर प्रतिभा पुरस्कार (२०८०) पाउनु भयो (गंगामाया प्रतिभा पुरस्कार र रिया अवार्ड दुबै पाउने छात्रालाई रिया अवार्ड १०  हजार मात्रै दिइएको छ, दुईवटा गरी २५ हजार) चार जना छात्राले यो दुइ पटै पुरस्कार पाएका छन् । (इङसा परा लिम्बू झापाबाट आउन सक्नुभएन । उहाँको पुरस्कार पछि प्रदान गरिने छ । परीक्षा नियन्त्रण कार्यालयले पुरुषको ठाउँमा छात्रामा नाम पठाएकाले तीन वर्षको इन्द्रबहादृुर प्रतिभा पुरस्कार वितरण गर्न नसकिएकाे जानकारी गराइएको थियो ।

 

 

प्रतिष्ठान  इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा पत्नी गंगामाया श्रेष्ठको संरक्षकत्वमा स्थापित यो प्रतिष्ठानले २०६३ सालदेखि पहिला एसएलसी र त्यसपछि एसइइका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्दै   आएकोमा २०७६ सालदेखि कक्षा १२ का विद्यार्थीलाई दिने निर्णय गरेपछि कक्षा १२ को विद्यार्थीको नामावली जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध हुन सकेन । त्यसपछि कोरोनाको कारण पनि स्थगित हुन पुगेको यो पुरस्कार यस पटक २०७६ सालदेखिका सबैलाई प्रदान गरिएको समेत प्रतिष्ठानले जनाएको छ । १५ वटा पुरस्कारमा १२ वटा पुरस्कार छात्राको हातमा परेको छ । चार जनाले दोहोरो पुरस्कार पाउन सफल भएको छ भने ६ वटामा चारवटा पुरस्कारमा निजी बोर्डिङलाई उछिनेर सामुदायिक विद्यालयको छात्राले हात पारेको छ । पुरस्कृत विद्यार्थीहरु सबैलाई हार्दिक बधाई । तपाईहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

अध्यक्ष भरतकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अग्रज व्यक्तित्व नन्दकुमार प्रसाईं, पूर्वमन्त्री तथा माननीय योगेश भट्टराई, मा. सुशिला श्रेष्ठ, डा. सुरेन्द्र केसी र पुरस्कृतिको तर्फबाट मनिता लिम्बूले बोल्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*