प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा

वेलकम खबर
जेष्ठ २७, २०८१

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार दिउँसो नयाँदिल्ली आइपुगेका छन् ।प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् । नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिँदैछन् ।

प्रधानमन्त्रीको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्सालसहित ७ जना छन् । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किनेछन् । भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मूर्मूसँग ‌शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।    कान्तिपुर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*