सिंहदरबारमा दाहाल, ओली र नेपालबीच भेटवार्ता
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको हो ।बालुवाटारमा तीन शीर्ष राजनीतिक दलका नेताहरुबीच करिव तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग पनि भेट भएको हो । बालुवाटारमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो । लगत्तै सिंहदरबारमा प्रधानमन्त्री, ओली र नेपालबीच भेट भएको हो । कान्तिपुर