सहकारी पीडितको चेतावनी- न्याय नपाए आगामी चुनाव हुँदैन !

वेलकम खबर
जेष्ठ ११, २०८१

काठमाडौं । सहकारी सञ्चालकबाट ठगिएका पीडितहरूले न्याय नपाए आगामी चुनाव नै हुन नदिने बताएका छन्‌ । तेस्रो चरणको आन्दोलन थालेका सहकारी पीडितहरूले यतिखेर काठमाडौंको माइतीघरमा विरोध प्रदर्शनरत छन्‌ ।

सहकारी बचत अपचलनकर्तामाथि कारबाही माग गर्दै आजदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेका पीडितहरूले आफूहरूको मागप्रति सरकार गम्भीर नभएको गुनासो गरेका छन्‌ । आफूहरूले न्याय नपाए वि.सं. २०८४ मा आमचुनाव नै गर्न नदिने उनीहरूले चेतावनी दिएका छन्‌ ।

यसअघि सरकारले आफूहरूसँग गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए । पीडितहरूको माग पूरा नभएसम्म देशव्यापी आन्दोलन भैरहने उनको भनाई छ ।

सहकारी पीडितको आन्दोलन : माग पूरा नभए देशव्यापी संघर्ष गर्ने

सरकारले आफूहरूको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सहकारी बचत अपचलनकर्तालाई कारबाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरे पनि कार्यान्वयन नभएको भन्दै पीडितहरूले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए ।
सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढाउने उनले बताए । उनले आफ्नो बचत फिर्ता नपाउँदाको नागरिकको पिडा सरकारले सुन्नु पर्ने उल्लेख गरे ।-khabarhub

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*