लोकतान्त्रिक गणतन्त्रमाथि औँला ठड्याउने काम एमालेले कहीँ कतै पनि हुन दिँदैन: ओली

वेलकम खबर
२ मंसिर २०८०, शनिबार १७:४०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिएका छन् ।दुर्गा प्रसाईँको नेतृत्वमा यही मङ्सिर ७ गते काठमाडौंमा हुन गइरहेको प्रदर्शनप्रति संकेत गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउनेहरूलाई एमालेले तह लगाउने समेत बताए ।

पार्टीको जनसंगठन संयन्त्रले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोडतोडका साथ अघि बढाए पनि त्यसले काठमाडौंमा फोहोर पार्ने बाहेक अरू कुनै काम गर्न नसक्ने जिकिर गरे ।
उनले देशलाई अफ्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका लागि आफूहरूले पनि मङ्सिर ७ गते युवा÷विद्यार्थीको प्रदर्शन गर्न लागेको बताए । उनले सो प्रदर्शनीमा निषेधित क्षेत्र नतोड्न पनि युवा÷विद्यार्थीहरूलाई निर्देशन दिए ।
ओलीले देशमा विद्यमान बेथिति सरकार र सत्तारुढ गठबन्धनका कारण उब्जिएको उल्लेख गर्दै त्यसलाई सच्याउनका लागि आफूहरूले सो प्रदर्शनीको आह्वान गरेको बताए ।

कार्यक्रममा उनले गरेको सम्बोधनको अंश
७ गते हामी अलिकति थोरै के देखाउन चाहन्छौँ भने देशको परिस्थिति अप्ठ्यारो छ । बिग्रँदो छ । त्यसलाई रोक्ने दिशामा नेकपा एमाले अगाडि बढ्छ अव । अर्को कुरा, अहिले भइरहेको बेथितिलाई, कुशासनलाई, भ्रष्टाचारलाई, तस्करीलाई यही कुरालाई चुपचाप हेरेर बसिरहन सक्दैनौँ ।

हामी सरकारको हनिमुन डेज भन्छ– सय दिन । धेरै वटा दिनहरू हेर्‍यौं, पर्खियौ । सुझाव दियौ, पार्लियामेन्टमा बोल्यौँ । मैले विपक्ष दलको नेताको हैसियतले पार्लियामेन्टमा बोलेको छु । अरू ठाउँमा बोलेको छु । तर, सरकारले सप्रने खालको कुनै लक्षण देखिएको छैन । यसर्थ, हामी साधारणतया भन्ने हो भने या त सरकार तत्काल सच्चिनु प¥यो । अघि महासचिव कमरेडले राखी सक्नुभएको छ ।

प्रधानमन्त्रीले बोलाउन भएको १२ बुँदे सहमतिका नजिक रहेका दलहरूको बैठकमा त्यति बेला पनि मैले भनेको थिए–बेथिति आदि कुरा प्रधानमन्त्रीले स्वीकार्नु भयो । देशको अफ्ठ्योरो परिस्थितिको बारेमा स्वीकार गर्नुभयो । तर, यसका लागि के गर्ने भन्ने कुरामा केही बोल्नु भएन । मैले भने यसको कारण के हो भन्ने बुझ्नुपर्‍यो नि पहिले । कारण त तपाईँहरू हो । कारण त सरकार हो । कारण त यो गठबन्धन र यसको सरकार हो । यसका क्रियाकलाप हुन् । यसको लिएका गलत नीति हुन । यसले अपनाएको गलत आचरण हो । यी कुरा हुन । त्यस कारण यहाँ समाधान नखोजीकन अनि समाधान हामी कहाँ खोज्छौ रु त्यसको जिम्मेवार हामीले कसलाई बनाउने रु त्यस कारण समाधान यहाँ खोज्नु पर्छ । हामीले सात गते एउटा संकेत गर्न खोजेका हौँ ।

७ गते म सुन्दै छु–एउटा कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोड्तोड्ले लागेका छन् देशभरबाट । व्यक्ति वा मानिसहरू उतार्नका लागि । काठमाडौंमा मानिसहरू उतार्नका लागि उनीहरू लागेका छन् । ती मानिसहरू आएर काठमाडौंमा कुनै केही हुने होइन, तिनले काठमाडौं फोहोर गर्ने मात्रै हुन् । अरू केही हुनेवाला छैन । हामी मान्छे ओसारेर होइन, यही भएका युवा, विद्यार्थी र त्यसको पृष्ठ भागमा युवा, विद्यार्थी एक्लै छैनन् त्यहाँ संरक्षक संस्थाहरू पनि छन् भन्ने कुरा म सरकार र अरू प्रकारका सबै दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरूलाई भन्न चाहन्छु ।

यो हामीले थोरै संकेत मात्रै गर्न खोजेको हो । अहिले यो संकेत नेकपा एमाले हामीले हतियारको राजनीति गर्दैनौँ, हिंसाको राजनीति गर्दैनौँ । शान्तिपूर्ण राजनीति भनेको प्रदर्शन हो । र, प्रदर्शन लगायतका कुरा हुन् ।

श्रीलंकाको भन्दा बढ्दा गर्छौँ भनेको पनि कता कता सुनियो । नेकपा एमाले यस देशमा नभएको भए धेरै चिज बढ्दा गर्थे होला । तर यहाँ नेकपा एमाले छ । यहाँ जनता छन् । जनताको प्रतिनिधित्व गर्ने शक्ति छन् ।

देशको सबैभन्दा लोकप्रिय शक्ति छ । र, समृद्ध नेपालस् सुखी नेपाली बनाई छोड्ने संकल्प बोकेर हिँडेको शक्ति छ । यो लोकतान्त्रिक गणतन्त्र अरूले ल्याइदिएको मञ्चमा गएर हामी नाचेको होइन । यो धेरै ठूलो बलिदानबाट ल्याइएको व्यवस्था हो ।

त्यस कारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीका भाषा बोल्न चाहन्छु । लोकतन्त्रको विरुद्ध लड्ने कुरा त छोडिदिऊ । लोकतन्त्रको विरुद्ध औँलो ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ, शान्तिपूर्ण ढंगले झार्छौं हामी, झारी दिन्छौँ । त्यो कुरा सबैले बुझ्नुपर्छ ।-nepalpress

यसमा तपाइको मत

Your email address will not be published.


*