टिपताला नाका खुलाउन योगेश भट्टराईको माग (भिडियो सहित )

तमोर करिडोर निर्माण तिब्रता र असिनाबालीको राहत उपलब्ध गराउन ध्यानाकर्षण
वेलकम खबर
बैशाख १३, २०८०

काठमाडौ । प्रतिनिधिसभा सदस्य योगेश भट्टराइले टिपताला नाका खुलाउन सरकारसँग आग्रह गर्नु भएको छ ।
आज संसदका सुन्य समयमा बोल्दै भट्टराईले ताप्लेजुङ जिल्लासँग जोेडिएको तिब्बतको नाका कोभिड १९ पछि बन्द भएको र ताप्लेजुङ जिल्लाको उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको बताउदै नाका खुलाउनको लागि गत जनवरीमा परराष्ट्र मन्त्रालयमा लिखित जानकारी गराउदा पनि कुनै पहल नभएकोले बताउदै तत्काल नाका खुलाउन सरकारसँग आग्रह गर्नु भएको हो ।

उहाँले उत्तर दक्षिण लोकमार्ग अन्र्तगत सवै भन्दा छोटो सडक तमोर करिडोर भएको बताउदै निर्माणधिन ताप्लेजुङ सडक खण्ड र पूलको कामलाई तिब्रता दिन सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
भट्टराईले केही दिन अघि आएको  हावाहुरी तथा असिनापानीले बाली नालीमा क्षति पुगेको बताउदै तत्काल राहतको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*