प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन ओलीको निर्देशन

वेलकम खबर
पुस २५, २०७९

काठमाडौं । नेकपा एमालेले विश्वासका मत दिनका लागि अनिवार्यरुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।

संसद बैठक सुरु हुनुअघि सोमबार बानेश्वरस्थित संसद भवनमै बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले यस्तो निर्देशन दिएका हुन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । ‘भोलि अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा भोट हाल्न निर्देशन भएको छ,’ बैठकबारे एमाले नेता सुवास नेम्वाङले भने ।प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफूहरु ढुक्क रहेको बैठकमा ओलीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*