गण्डकी प्रदेशमा नयाँ सरकार गठनको तयारी

वेलकम खबर
पुस २५, २०७९

कास्की । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको तैयारी भैरहेको छ । गण्डकीमा पनि एमालेका खगराज अधिकारीको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी भइरहेको छ, यद्यपी अझै अन्तिम टुङ्गो भने लागिसकेको छैन ।

मुख्य मन्त्रीका लागि माओवादीका हरिबहादुर चुमानले पनि दावी पेश गरेपछि अन्तिम टुङ्गो नलागे पनि सदस्य संख्याका हिसाबले हेर्दा सभामुखसहित थप ३ मन्त्रालय माओवादीलाई र १ मन्त्रालय राप्रपाको भागमा पर्ने र मुख्य मन्त्री र उपसभामुखसहित अन्य मन्त्रालय एमालेमा रहने गरी मन्त्रालय गठन हुने बताइएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरुङ्गद्वारा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्य मन्त्री नियुक्ति गर्नका लागी आज ४बजेभित्र दावी पेश गर्न आव्हान गरेका छन् ।

गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेश सभामा ३६ प्रत्यक्ष र ३४ समानुपातिक प्रणालीमार्फत निर्वाचित सदस्यहरु छन् । जसमध्ये मतभारका आधारमा सबै भन्दा बढी समानुपातिक सांसद एमाले १०, नेपाली कांग्रेस ९ र नेकपा माओवादी केन्द्रका ३ र राप्रपाका २ सदस्य छन् ।

प्रत्यक्ष तथा समानुपातिक गरी कांग्रेसको कुल २७ सांसद छन भने एमालेबाट प्रत्यक्ष र समानुपातिक गरी २२ जना सांसद सदस्य छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक ३ गरी ८ जना सदस्य रहेका छन् ।

मनाङ्ग क्षेत्रनं. २ बाट राजीव गुरुङ्ग स्वतन्त्रबाट निर्वाचित भए पनि यसपटक उनी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*