संसदीय ब्यवस्था सही ढंगले अघि बढ्छ : योगेश भट्टराई (भिडियो सहित )

वेलकम खबर
पुस १४, २०७९

काठमाडौँ ।  नेकपा एमालेका सचिव योगेश भट्टराईले लोकतन्त्र स्थापना  र संविधान निर्माणको लागि महत्वपूर्ण भुमिका खेलको र राजकीय मामिला उल्लेख्य अनुभव भएको  पार्टीको सहयोगमा बनेको सरकार सही ढंगले अघि बढ्ने बताउनुभयो ।
विहीवार  हरि  नेपालको ४३ औ स्मृति दिवसको अवसरमा बोल्दै भट्टराईले एमाले कुनै आवेग तथा उजेजनाको आधारमा नभई २०४८ साले देखि निरन्तर संसदीय अभ्यासमा खारिएको अनुभवी पार्टीको सहयोगमा बनेको वर्तमान सरकार सहि ढंगले अघि बढ्ने बताउनु भएको हो । उहाँले नेपाली कांग्रेस जस्तो  जिम्मेवार प्रतिपक्ष भएको कारण पनि सरकार सहि ढंगले अघि बढ्ने बताउनुभयो । 


सचिव भट्टराईले २०७५ साल जेठ ३ गते कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने उद्देश्यले नेकपा बनाएको बताउँदै एउटा असफलताबाट शिक्षा दिदै फेरि कम्युनिष्ट पार्टी एकता गर्ने पुर्न गठन गदै सम्पूर्ण कम्युनिष्टहरूमा एकता गर्ने सो को नेकपा एमालेले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सचिव भट्टराईले अनेक विचार धाराको बिचमा काम गदै नेपाली समाजलाई समाजवादी लक्ष्यमा पुर्याउने बाटो नेकपा एमालेका एउटा धार वैचारिक छलफल र सैद्धान्तिक बहस हुने क्रममा नेकपा एमालेको पाँचौ महाधिवेशनले एउटा उचाई लियो मदन भण्डारीको उदयबाट  नेकपा माले चौथौ महाधिवेसन र अगाडिबाट उठाएको कुरा विचार र शस्लेष्ण गदै विश्लेषण गदै मदन भण्डारीले सहि बाटो देखाएको बताउदै उहाँले  शान्ति पूर्ण बाटोबाट वैधानिक सङ्घर्षबाट आज सवै कम्युनिष्ट पार्टी यहि सिद्धान्तका आधारमा बताउनुभयो । 


प्रतिनिधिसभा सदस्य समेत रहनु भएको भट्टराईले नेपालका अन्य सवैको थेसिस फेल भएर नेपालमा मदन भण्डारीको थेसिस मात्रै पास भएको बताउँदै मदन भण्डारीको थेसिसको आधारमा नै नेपाल कम्युनिष्ट आन्दोलन अघि  बढेको दाबी गदै कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको दाबी गर्नुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*