माओवादी केन्द्र संसदीय दलको नेतामा दाहाल सर्वसम्मत

प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध
वेलकम खबर
पुस ७, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् ।सिंहदरबारस्थित दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई प्रतिनिधिसभा तथा संघीय संसदीय दल नेतामा सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो । प्रमुख सचेतकमा हितराज पाण्डेलाई सर्वसम्मत चयन गरिएको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा दल नेतामा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै छन् ।
बैठकले दलको अन्तरिम विधान पारित गरेको र अर्को व्यवस्था नभएसम्म त्यही विधानअनुसार अगाडि बढ्ने निर्णय गरिएको छ । बैठकले सांसदहरुलाई कार्यशालासहित प्रशिक्षण सञ्चालन गरेर व्यवस्थित गर्ने निर्णय पनि गरेको माओवादी केन्द्र संसदीय दलका नवनिर्वाचित प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
प्रतिनिधिसभाको उपनेता, सचेतकलगायत विषयमा भने क्रमश गृहकार्य गर्दै अगाडि बढ्ने माओवादीले बताएको छ । माओवादी केन्द्रको उपनेतामा भने नेताहरु वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् ।संसदीय दलको बैठकअघि माओवादी केन्द्र पदाधिकारी बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*