अब वडाबाटै सम्झौता र भुक्तानी

वेलकम खबर
पुस २, २०७९

इलाम । जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित फाकफोकथुम गाउँपालिकाले वडामा सञ्चालन हुने योजना वडाबाटै सम्झौता र भुक्तानी थालेको छ । गाउँपालिकाले आवश्यक कर्मचारी वडा–वडामा गएर योजना सम्झौता गरिरहेको हो । अहिले सम्झौता भएका योजना सम्पन्न भएपश्चात वडाबाटै भुक्तानी गर्नेसम्मको तयारी गरिरहेको छ ।

योजना सम्झौता गर्न वडा कार्यालयमा जाँदा पहिले नै वडा कार्यालयमार्फत् वडाबासीलाई जानकारी दिएर काम अघि बढाउने गरेको पालिकाले जनाएको छ । जिल्लामा पहिलोपटक फाकफोकथुम गाउँपालिकाबाट सुरु भएको हो । गाउँपालिकामा सञ्चालन हुने योजना सम्झौता प्रत्येक वडा कार्यालयबाटै गर्ने योजनासहित काम थालिएको छ ।

सात वटा वडा रहेको पालिकाका दुई वटा वडामा सम्झौताका काम सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बुले बताए । वडामा छुट्याइएको बजेट ५० हजारदेखि १ लाखसम्मका मात्रै हुने र योजना सम्झौता गर्न जाँदा चार पाँच पटकसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्न पालिकाले वडाबाटै काम थालेको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल बताउँछन् ।

‘साना बजेट योजना सम्झौता गर्न जाँदा कहिले कागजपत्र पूरा नहुने, कहिले योजनाका कर्मचारी फिल्डमा भएको बेला पुग्ने र कहिले बैंकमा खाता नखुल्ने भएका कारण धेरैपटक धाउनुपर्ने भएपछि जनताले ‘दुःख नपाउन्’ भनेर पालिकाको टिम वडामै गएर योजना सम्झौता थालिएको हो । इोजना सम्झौताको दिन योजना सञ्चालनदेखि अनुगमन र भुक्तानी प्रक्रिया’bout जानकारी गराउनुका साथै योजना भुक्तानी प्रक्रिया’ समेत जानकारी गराइएको प्रमुख प्रशासकीय अधिकृत लिम्बुले बताए ।

पालिकाले योजनाको काम सम्पन्न भइसकेपछि अनुगमन समितिको संयोजकको नेतृत्वमा अनुगमन गरी आयोजनाको भूक्तानीसमेत वडाबाटै गर्नेगरी तयारी गरिरहेको छ । वडाबाटै भुक्तानी गर्दा प्रमुख प्रशासकीय अधिकृत, अनुगमन प्रमुख, लेखा, प्रावधिकसहितको टोली वडामा गएर भुक्तानी अघि बढाइने भएको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*