सरकार बनाउने दौडमा छैन एमाले : योगेश भट्टराई

महासंघले जनप्रनिधि भएका आफ्नो सदस्यलाई सम्मान
वेलकम खबर
मंसिर २९, २०७९

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले अहिले सरकार बनाउने दौडमा नरहेको बताउनुभएको छ । बिहिबार नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको १० औं बार्षिक सभाको उद्घाटन कार्यक्रममा बोल्दै भट्टराईले  एमाले सरकार बनाउने दौडधुपमा नलाग्ने बताउनु भएको हो ।
भट्टराईले भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले देशमा राजनैतिक अस्थिरता निम्त्याउने देखिएको बताउदै भट्टराईले भन्नुभयो परिणाम जस्तो आएपनि जनताले दिएको जनादेशलाइ स्वीकार गर्नुको विकल्प नरहेको बताउनुभयो ।
मंसिर ४ गतेको निर्वाचनबाट ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराईले पत्रकारहरुले देशको समृद्धिमा सहयोग पुर्‍याउदै आएको र आगामी दिनमा पनि यस्तै भुमिकाको अपेक्ष रहेको समेत बताउनुभयो ।


उद्घाटन पछि भएका बन्द सत्रमा पत्रकार महासंघ ताप्लेजुङका सचिव सुवास आचार्यले हालै सम्पन्न निर्वाचनमा पत्रकारहरुले जनता सामु सूचना प्रवाह गर्न कुनै कसुर बाँकी नराखेको उल्लेख गर्नुभयो ।
महासंघले गत आर्थीक बर्षमा गरेको ‘जनता सँग जनप्रतिनिधि’ कार्यक्रम पुर्ण रुपमा सफल भएको ठहर गर्दै आगमी दिनमा स्थानीय सरकारलाई जनता सँग पुर्णरुपमा जवाफदेही बनाउन यी र यस्ता कार्यक्रमले निरन्तरता पाउने धारणा राख्नु भयो । ताप्लेजुङको पर्यटन, भौगोलिक विकटता,स्थानीय उत्पादनको प्रर्बद्धन लगायतको विषयमा आगामी दिनमा विज्ञसँग जन सहभागीता सहित छलफल गरिने आगामी उदेश्य रहेको समेत उल्लेख गर्नुभयो ।
साधारणसभामा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मदन गौतले पेश गर्नुभएको थियो २०६४ मा तत्कालिन पत्रकार महासंघले फुङलिङ नगरपालिका २ मा हर्क वहादुर गुरुङबाट निसुल्क प्राप्त गरेको ६ आना जग्गामा निर्माणधिन भवनको निर्माण सम्पन्न गरिनु वर्तमान कार्यसमितिको महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभएको थियो ।


सोही कार्यक्रमवाट महासंधमा यस अधि आवद्ध भई हाल जनप्रतिनिधिको रुपमा निर्वाचित आठराई त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष शान्ता आङबुहाङ र फुङलिङ नगरपलिक २ का वडा सदस्य लिलाचक्र गुरुङलाई सम्मान गरिएकोछ ।

उद्घाटन कार्यक्रममा नवनिर्बाचित प्रदेश सभा सदस्य खगेन सिङ हाङगाम , फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन ,नेपाल पत्रकार महासंघ प्रदेशका न १ का उपाधयक्ष लबदेव ढुङगाना, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य सरोकारवाला संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको समेत उपस्थिती रहेको महासंघका अध्यक्ष आनन्द गौतमले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*