किसान श्रेष्ठलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

वेलकम खबर
कार्तिक २, २०७९

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा बारा निर्वाचन क्षेत्र नं.४ का उम्मेदवार कृष्णकुमार (किसान श्रेष्ठ) लाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठको विषयमा केही दिन अघि युट्युबमा सार्वजनिक भिडियो प्रति ध्यानाकर्षण भएको भन्दै आयोगले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

किसान श्रेष्ठको चुनावी फन्डा’ भन्ने शीर्षकमा सार्वजनिक भएको भिडियो मार्फत् बाराका युवाहरूलाई श्रेष्ठले फ्रि भिसा फ्रि टिकेटमा वैदेशिक रोजगारीमा पठाउँने प्रलोभन दिएको भन्दै त्यस प्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*