आचारसंहिता विपरीत करार सेवामा कर्मचारी भर्ना गरेको भन्दै त्रिभुवन विश्वविद्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

वेलकम खबर
कार्तिक २, २०७९

काठमाडौं । निर्वाचन आचारसंहिताविपरीत करार सेवामा कर्मचारी भर्ना गरेकोमा त्रिभुवन विश्वविद्यालयलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगले आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवालगायतका काम गर्न नपाइने भए पनि त्रिविले सोविपरीत कर्मचारी भर्ना गरेको उजुरीको आधारमा सो स्पष्टीकरण सोधिएको हो ।

आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*