मेयरकप रनिङ भलिबलको उपाधि फेरि पनि सिदिङ्वाले उचाल्यो

मदन गौतम
अशोज ११, २०७९

ताप्लेजुङ । मेयरकप रनिङ भलिबल प्रतियोगिताको यसबर्षको उपाधि पनि सिदिङ्वा गाउँपालिकाले हात पारेको छ । पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो । सिदिङ्वाले पाथीभरा याङ्वरक गाउँपालिकालाई २५–२१,२५–१७, २१–२५ र २५–२१ को स्कोरमा पराजित ग¥यो । सेमीफाईनलमा पाथीभरा याङ्वरक र फुङलिङ नगरपालिका बिच भएको खेलमा पाथीभरा याङ्वरकले जितेको थियो ।

सिदिङ्वाले सिरिजङ्गा गाउँपालिकालाई पराजित गरि फाईनलमा पाथीभरा याङ्वरकसग भेट गरेको थिए । ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर गत ८ गते देखि जारी प्रतियोगिता आज मंगलवार सकिएको छ । सिदिङ्वाले यस पटक गरी लगातार दोस्रो जीत निकालेको हो । अघिल्लो बर्षको मेयरकप पनि जितेको थियो ।

सिदिङ्वा गाउपालिकाले नगद २ लाख ७५ हजार १ सय रुपैंयाका साथ रनिङकप,मेडल प्रमाणपत्र प्राप्त गरेकोछ भने उपबिजेता पाथीभरा याङ्वरक गाउँपालिकाले नगद १ लाख ४० हजार १ सय रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको छ । सेमीफाईनलमा पराजित सिरिजङ्गा गाउँपालिका तथा फुङलिङ नगरपालिका प्रत्येकले नगद ४५ हजार १ सय रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको मेयरकप रनिङ भलिबल प्रतियोगिता खेल संयोजक क्षितिज सुनुवारले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*