प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक राष्ट्रियसभामा रोकियो, पुनर्विचार गर्न विधायन समितिमा पठाइयो

वेलकम खबर
भदौ १२, २०७९

काठमाडौ । राष्ट्रिय सभाले नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ लाई पुनर्विचारको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

राष्ट्रिय सभाको आइतवार बसेको दोस्रो बैठकले नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो।गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा पेस गरेका थिए।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।आइतवार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराएका थिए।

राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको सो विधेयक भदौ २ गते बिहीवार बसेको प्रतिनिधि सभाको बैठकले यथावत रुपमा पारित गरेको थियो।
राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव फुँयालले प्रतिनिधि सभाबाट उत्पत्ति भइ सो सभाबाट पारित भएका बीमा विधेयक, २०७५, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु टेबुल गरे।

त्यस्तै राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएको शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधि सभाले संशोधनसहित फिर्ता पठाएको सन्देश पनि सभासमक्ष टेबुल गरे।
त्यसैगरी उनले राष्ट्रिय सभाबाट पारित भइ सन्देशसहित प्रतिनिधि सभामा पठाइएका शपथ सम्बन्धी विधेयक, २०७८, तथ्यांक विधेयक, २०७६,स्टाण्डर्ड नाप र तौल ९पाँचौ संशोधन० विधेयक, २०७६ र प्रत्यायन विधेयक, २०७६ हरुका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराए।

बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्ताव गरेका योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत पनि गरेको छ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहीवार दिउँसो २ः५९ बजे बस्नेगरी बोलाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*