एमालेको केन्द्रीय कमिटी बैठक आज देखि,यी ११ एजेण्डामा हुदैछ छलफल

वेलकम खबर
भदौ १०, २०७९

काठमाडौ ।संघीय र प्रदेश निर्वाचनको रणनीति र उम्मेद्वार छनौटको मापदण्ड तयार गर्न आज देखि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु हुदैछ ।
हिजो बसेको पार्टी पोलिटव्यूरो बैठकले केन्द्रीय कमिटीका ११ वटा एजेण्डा तय गरेको छ । ति एजेण्डा माथी आज र भोली बस्ने बैठकले विविध निर्णय गर्नेछ । पार्टी केन्द्रीय कार्यलयले दिएको जानकारी अनुसार केन्द्रीय कमिटी बैठकका ११ वटा एजेण्डा निम्न अनुसार छन् ।
१.अध्यक्षको राजनीतिक प्रतिवेदन
२. केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन
३. सचिवालयका निर्णय अनुमोदन
४. उम्मेदवारको छनोटको मापदण्ड
५. स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन
६. सदस्यता अभिलेख व्यवस्थापन
७. सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन
८. भारत प्रवासको कामका सम्बन्धमा नियामवली
९. पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण
११. समसामयिक प्रस्तावह?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*