विद्यालय बन्द गरेर पढ्न पाउने बालबालिकाकाे अधिकारमाथि कुठाराघात नगर्न सिजपकाे आग्रह

वेलकम खबर
भदौ ७, २०७९

काठमाडौ ।  बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विभिन्न चारवटा राजनीतिक दलका नाममा आज आह्वान गरिएको नेपाल बन्दका कारण बालबालिकाको पढ्न पाउने अधिकारमाथि कुठाराघात भएकाे जनाउँदै यस्ता खालका बन्दका कार्यक्रम फिर्ता लिन अनुरोध गरेको छ ।

विद्यालय र बालबालिकाहरूलाई असर पर्नेगरी नेपाल बन्द वा त्यस प्रकारका राजनीतिक क्रियाकलाप नगर्न सिजपले आग्रह गरेको छ । निर्भय वातावरणमा शिक्षा आर्जन गर्न पाउने बालबालिकाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सिजपले अनुरोध गरेको हो ।

बन्द वा त्यस किसिमका क्रियाकलापले बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यताको ठाडो उल्लंघन मात्रै नभइ कानुनी व्यवस्थाको अवहेलना र नेपालले गरेका अन्तर्राष्ट्रय  प्रतिबद्धताको बेवास्ता पनि हुने सिजपको ठहर छ ।

सिजपले बन्दको विकल्पमा शान्तिपूर्ण गतिविधिको खोजी गर्न र आन्दोलनको स्वरुपमा परिवर्तन ल्याउन समेत आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*