भदौ पहिलो साताभित्र तालमेलसम्बन्धी सबै काम टुंग्याउने सत्ता गठबन्धनको निर्णय

वेलकम खबर
साउन २०, २०७९

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

तालमेल सम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्नेगरी कार्यदल बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्यदल गठनमा सहमति गरे पनि त्यसका रहने व्यक्तिहरू आपसी छलफलपछि टुंगो लगाउने निर्णय गरेको नेकपा एसका सम्मानति नेता झलनाथ खनालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*