सांसदको पदावधि मंसिर २१ मा सकिन्छ, उम्मेदवारी दिए स्‍वत: पदमुक्त – प्रमुख आयुक्त थपलिया

वेलकम खबर
साउन १९, २०७९

काठमाडौं ।सांसदहरूको पदावधि मंसिर २१ गते सकिने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।

निर्वाचन मिति घोषणा भएसँगै बिहीबार आयोगमा पत्रकार सम्मेलन गर्दै आयुक्त थपलियाले अहिलेका सांसदको पदावधि मंसिर २१ गते सकिने बताएका हुन्। निर्वाचित भएको मितिबाट पदावधि प्रारम्भ हुने र त्यसअनुसार नै सांसदहरू मंसिर २१ गतेसम्म रहनसक्‍ने जानकारी दिए।
‘निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएकोले आउँदो मंसिरको २१ गते पदावधि समाप्त हुन्छ भन्ने कुरा हामीले लिखित रूपमै पेश गरेका थियौं, आयोगले ५ पेजको डकुमेन्ट पेश गरेको छ,’ उनले भने।
तर आयोगले फेरि उम्मेदवारी दिनेका हकमा सबैलाई समान अवसर र समान खेल मैदान प्रदान गर्ने बताएको छ। आयुक्त थपलियाले उम्मेदावरी दिनुभन्दा अगाडि नै वा दिएपछि स्वत उनको पदावधि सकिएको मान्नुपर्ने बताए। ‘आयोगले निर्वाचनमा इक्वेल प्लेइङ फिल्डको सिद्धान्त अर्थात् सबै उम्मेदवारप्रति समान अवसर र समान खेल मैदानको सिद्धान्तलाई हामी अवलम्बन गर्छौं,’ उनले भने, ‘त्यसकारण प्रतिनिधिसभा र प्रदेश सभाको पदमा उम्मेदवारी दिनुभन्दा अगाडि र दिएपछि उम्मेदवारी दिने व्यक्तिको पद स्वतस् सकिएको मानिनुपर्दछ भन्ने आयोगको स्पष्ट धारणा छ।’
यसलाई पनि कुनै तरिकाले व्याख्या गरिने आयोगले बताएको छ।
यस्तै, आयोगले निर्वाचन तालिका केही दिनमै सार्वजनिक गर्ने जनाएको छ। दसैंलगत्तै उम्मेदवारी दिने गरी तालिका बनाउने तयारी आयोगले गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*