बन्जी जम्पको रहर गर्दै ओलीले भने– उमेरले पो नदिने हो कि !

वेलकम खबर
साउन १५, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका छन्। आइतबार युवा संघले गरेको आयोजना कार्यक्रममा उनले आफूलाई बन्जी जम्पमा जान मन भएको सुनाएका हुन्।

टिकटकमा भिडियो देखेर आफूलाई बन्जी जम्प गर्न मन लागेको ओलीले सुनाए। तर, उमेरका कारण आफ्नो इच्छा पूरा हुन नसक्ने हो कि भन्ने चिन्ता उनले व्यक्त गरे।

ओलीले भने, ‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ। तर अलि उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ। डाक्टरलाई सोधेर जानुपर्छ।’ युवाले भने डाक्टरलाई नसोधी बन्जी जम्प गर्न सक्ने ओलीले बताए। ओलीले गत फागुन ११ गते आफ्नो ७१ औं जन्मदिन मनाएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*