प्रचण्ड र माधव नेपाललाई चटक्कै छोडेर हिँड्न मिल्दैन: देउवा

वेलकम खबर
असार ३२, २०७९

काठमाडौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन गरेरै अघि बढ्ने बताएका छन्।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शनिबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आगामी चुनावमा पनि गठबन्धन नै गरेर जाने बताएका हुन्।
स्थानीय तहको निर्वाचनमा कांग्रेस ठूलो पार्टी भएको र पहिलेको भन्दा केही सिट थप जितेको पनि उनले बताए।
‘म पार्टीका सबैलाई मिलाएर लैजाने पक्षमा छु, मेरो तेरो भन्दिनँ, म सबैको सभापति हुँ। मेरो नेतृत्वमा कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउँछु, स्थानीय चुनावबाट कांग्रेस ठूलो पार्टी भयो, पहिलेभन्दा केही सिट थप जितियो,’ उनले भने, ‘अब पनि गठबन्धन गरेरै जाने हो, एक्लै बहुमत आउने अवस्था छैन।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अहिले चटक्कै छोडेर हिँड्न मिल्ने बताए।
‘प्रचण्ड र माधव नेपाललाई अहिले चटक्कै छोडेर हिँड्न हामीले मिल्दैन। प्रचण्डलाई पहिले गिरिजाबाबुले शान्ति प्रक्रियामा ल्याउनुभएको हो, माधव नेपाल झन् पार्टी फोरेर यो गठबन्धनमा आउनु भएको हो छोड्न मिल्दैन,’ उनले भने, ‘सबैलाई समेटेर म लैजान्छु। कांग्रेस गठबन्धन गरेर पनि पहिलो पार्टी बन्छ। विश्वास गर्नुहोस्।’यस्तै, पार्टीको केन्द्रीय समितिको बैठक सोमबार दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*