वामदेवले ओली भेट्नुको अन्तर्य के ?

वेलकम खबर
असार १७, २०७९

काठमाडौं । लामो समय शान्त बसेका नेता वामदेव गौतम पुनः सक्रिय भएका छन्। गौतम बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन्। ओली र गौतमबीच लामो संवाद भएको छ। गौतम नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियानमा जुटेका छन्। उनले नयाँ दल घोषणा गर्दै ३ महिनासम्म एकीकृत गर्ने अभियानमा जुट्ने र सम्भव नभए  पार्टी दर्ताको अभियानमा अघि बढ्ने बताउँदै आएका छन्।  उनले नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) घोषणा गरिसकेका छन्।

यही सिलसिलामा पहिलोपटक अभियानका संयोजक गौतमले अध्यक्ष ओलीलाई भेटेका छन्। उनले विभाजित भएका कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्न ओलीलाई आग्रह गरेका छन्।  ‘आफू–आफू चुनाव लड्ने हो भने कम्युनिस्टहरूको हार निश्चित छ। त्यसैले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मिलेर चुनाव लडौं,’ भेटमा ओलीसँग गौतमले प्रस्ताव राखेका थिए।

गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत निर्वाचनमा वाम गठबन्धन गरेर जान तयार रहेको अध्यक्ष ओलीलाई सुनाएका थिए। गौतमले आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा लागिपर्ने धारणा राखे। नेकपा विभाजनपछि गौतम गुमनाम जस्तै भएका थिए।  एमाले र नेकपाको विगतको राजनीति हेर्दा उनले जसलाई साथ दिए उसै पल्ला भारी भएको इतिहास छ।

नेकपाको ९ सदस्यीय सचिवालयमा केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल एकतिर हुन्थे भने अर्कोतिर  पुष्पकमल दाहाल माधवकुमार नेपाल, झलनाथ खनाल, नारायण काजी श्रेष्ठ अर्को समूहका थिए। वामदेवले दाहाल, माधव समूहमा लाग्दा नै ओली अल्पमत परेका थिए। एमाले कालमा नवौं महाधिवेशनमा ओली पक्षमा वामदेव लागेकै कारण ओली अध्यक्ष निर्वाचित भएका थिए।

यसपछि  २०७७ पुस ५ मा उनले संसद् प्रतिनिधि गरेको थिए। संसद् विघटनपछि भने वामदेव, दाहाल, माधव समूह लागेनन्। उनी बीच धारमै रहे। उनले राष्ट्रिय एकता अभियान विभिन्न धार खडा गरे। तर, २०७७ फागुन २३ मा नेकपा खारेज भएपछि भने उनी निस्क्रिय जस्तै भए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*