विभूषणमा सुनको मात्रा घटाइने

वेलकम खबर
असार १६, २०७९

काठमाडौ । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यसम्पादन करार निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए।
सरकारका प्रवक्तासमेत रहेका कार्कीले मन्त्रिपरिषद्ले वीरगन्ज–सिमरा–पोखरिया प्रसारण लाइनको टावर तथा सबस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्नेसमेत निर्णय गरिएको बताए।
सशस्त्र प्रहरी ९दोस्रो संशोधन० नियमावली, २०७९ को मस्यौदा उपर लोकसेवा आयोगको परामर्श लिने, मध्यभोटेकोसी जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइनका लागि वन क्षेत्र प्रयोग गर्न दिने समेत निर्णय गरेको बताइएको छ।

प्रवक्ता कार्कीले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा शीतल साहु पूर्वे (धनुषा) लाई नियुक्त गर्ने, निजामती सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने र श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*